अन्यसफल कथासमाचार

रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका देव प्रेरणाको स्रोत – GoodNews24

Gobal IME Bank

एजेन्सी ।  भारतको विहार बेगुसरायमा जन्मिएका देव मिश्राका दुवै खुट्टा काटिएका छन् । उनि हैदरावाद जादै गर्दा १ जुन २०१५ मा भएको रेल दुर्घटनमा आफ्नो दुवै खुट्टा गुमाएका थिए । जव दुर्घटना भएको थियो उनको बाच्ने कुनै आशा नै थिएन तर उनकी आमाले हार मानिनन उनको उपचार गराएरै छाडिन । प्लेटफर्ममा खाना खाइरहेका उनीलाई कसरी धक्का लागेर ट्रेनको लिकमा पुगे उनले पत्तो पाएनन । उनको शरीर माथिबाट ट्रेन गुडेको थियो । देव मिश्राले थाहा पाउदा उनको दुवै खुट्टा एक तिर र शरीर अर्कोतिर भइ सकेको थियो । उनि दुइ घण्टा सम्म ट्रेनको लिकमा छटपटाइरहे तर उनलाई कसैले छुदा पनि छोएनन । उनकै एक साथीले उनको दुर्घटनाको बारेमा घरमा खबर गरे र दुर्घटनाको ६ घण्टा पछि उनलाई अस्पताल पुर्याइयो ।

अस्पताल पुर्याउदा डाक्टरहरुले उनि नबाच्ने संकेत गरेका थिए तर ऋण गरेरै उनकी आमाले देव मिश्राको उपचार गराइन र उनि बाच्न सफल भए । अहिले उनि कृत्रिम खुट्टाको साहारामा हिड्छन । एक सामान्य मानिसले जसरि वर्क आउट गर्छन । वर्क आउट गरेर उनले निकै आकर्षक शरीर बनाएका छन् जुन हेर्दा अविश्वसनीय लाग्छ । समय बित्दै जादा उनि आफु परिवारको बोझ बनेको महशुस गर्न थाले । उनको आफ्नै भाइबाट आफु अपहेलित भएको र भाइले उनीहरु विना आफु बाच्न नसक्ने भन्दै लगाएको वचनले उनलाई मन भित्र छोयो । त्यस पछि उनले आफुलाई बलियो बनाउदै अव कसैको साहरा विना आफु बाच्ने निर्णय गरे । उनले आफै केहि गर्ने अठोट गरे र बडि फिटनेसमा आफुलाई फोकस गरे । केहि व्यक्तिबाट उनले साथ पाए र उनको हौसला बढ्दै गयो ।
कसैले उनलाई भिख माग्ने सल्लाह दिए तर उनको स्वाभिमानले उनलाई त्यसो गर्न दिएन । उनले आफ्नो दिमागमा म सफल हुन्छु र हुनु पर्छ भन्ने कुरालाई राखे र उनि सफल भए पनि । उनले आफ्नो अशक्ततालाई शक्तिमा बदले ,आफुले भोगेका कस्टलाइ प्रेरणाको रुपमा लिए र आज उनि यो स्थानमा छन् । विस्तारै विस्तारै भिडियोको माध्यमबाट उनि चिनिन थाले उनको भिडियोमा लाखौ लाइक आउन थाल्यो । अहिलेसम्म उनले धेरै शो मा पर्फमेन्स गरिसकेका छन् । यतिबेला उनि शारीरिक अशक्तता भएकाहरुको लागि प्रेरणाको स्रोत बनेका छन् ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”4224″]

[irp posts=”3875″]

[irp posts=”3930″]

भिडियो हेर्नुहोस्…

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button