मुख्य समाचारसमाचार

सबैलाई जीतको शुभकामना – मेयर हर्क साम्पाङ

Gobal IME Bank

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सबै उम्मेदवारहरुलाई जीतको शुभकामना दिनुभएको छ । आज देशभरी नै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुँदैछ ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा ‘सबैलाई जीतको शुभकामना’ लेख्नुभएको हो । त्यसो त मेयर हर्क साम्पाङ आफु पनि स्वतन्त्र उम्मेदवारकै रुपमा धराना उपमहानगरपालिकाका मेयर बन्न सफल हुनुभएको थियो । यद्यपी उहाँले जीतको लागि भने सम्पुर्णलाई शुभकामना भन्नुभएको छ ।

आज भईरहेको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्नेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button