मुख्य समाचारसमाचार

विश्वमै पहिलोः तीन व्यक्तिको डीएनए प्रयोग गरी बच्चाको जन्म

Gobal IME Bank

एजेन्सी । तीन व्यक्तिको डीएनए प्रयोग गरी एक बच्चालाई जन्माइएको छ। यो शिशु तिन डिएनए प्रयोग गरी जन्मिएको पहिलो शिशु हो । बेलायतको न्युक्यासलमा रहेको एक अस्पतालामा सो बच्चाको सकुशल जन्म भएको बीबीसीले जानकारी दिएको छ ।

बच्चा जन्माउन माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट ‘एमडीटी’ प्रविधि प्रयोग गरिएको थियो । शिशुको आमा ‘माइटोकोन्ड्रियल’ नामको रोगको बिरामी भएका कारण डीएनए दान गर्ने महिलाको सहयोग लिइएको थियो ।

यस रोगको कारण स्नायु प्रणाली, कार्डियक एरिथमिया ‘असामान्य मुटुको धड्कन’, मधुमेह, शरीरको वृद्धिमा असर जस्ता समस्या आउने गर्छ । त्यस्तै यो रोग भएका महिलाबाट जन्मिएका बच्चाको मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ,यो निको नहुने रोग हो । यस रोगको कारण धेरैले आफ्ना सन्तान गुमाएका छन् । त्यसकारण बच्चा जन्माउन डिएनए डोनेट गर्ने महिलाको प्रयोग गरिएको हो ।

एमडीटी प्रक्रियामा आमाको अण्डामा भएको न्यूक्लियस ‘युकेरियोटिक’ कोशिकाहरूमा पाइने झिल्ली’बाउन्ड अर्गनेल’ हटाएर दाताको अण्डामा हुने न्यूक्लियस राखिन्छ । यसले भ्रूणमा डिएनए डोनेट गरेको महिलाको अण्डामा भएको माइटोकोन्ड्रिया सहित आमाको डीएनए बनाउने गर्छ ।

उक्त बच्चाको डीएनएमा आफ्नो आमाबाबुको ९९.९ प्रतिशत र दाता महिलाको ०.१ प्रतिशत अंश हुने बताइएको छ । त्यस्तै बच्चाले आमाबुबासँगै डोनेटर महिलाको डीएनए पाउनेछ । तर डोनेटर महिलाबाट पाउने डीएनएन भने बच्चाको माइटोकोन्ड्रियालाई सुधार गर्न मात्र प्रयोगमा आउने जनाइएको छ ।

माइटोकोन्ड्रिया कोषभित्रको सानो भाग हो । यसले हामीले खाएको खानालाई शक्तिमा परिवर्तन गर्ने काम गर्छ । यस प्रविधिले माइटोकोन्ड्रियल रोग लागेका आमाहरूलाई पनि सन्तान प्राप्त गर्न मद्दत गर्ने बताइएको छ ।

तर कतिपयले यस विधिको विरोधसमेत गरेका छन् । उक्त कामका लागि बेलायतको संसदले सन् २०१५ मा नै स्वीकृति दिएको थियो । त्यस्तै ह्युमन फर्टिलाइजेसन एन्ड एम्ब्रिओलोजी अथोरिटी ‘एचएफईए’ ले समेत यसमा सहमति दिएको जनाएको थियो ।

यो प्रविधि कतिले राम्रो भनेका छन् भने कतिले यसको विरोध गरेका छन् । बच्चाको जन्म गत मार्च ९ मा भएपनि डाक्टरहरूले गोपनीयताका कारण बच्चाबारे थप जानकारी भने दिएका छैनन् । तर एमडीटी प्रविधि प्रयोग गरी सन् २०१६ मा नै मेक्सिकोमा बच्चा जन्माइएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button