मुख्य समाचारसमाचार
भूकम्प अपडेटः केन्द्रविन्दु नेपाल–तिब्बत सीमा आसपास, ५.९ रेक्टरस्केल
काठमाडौं । भर्खरै काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको छ । अपरान्ह ३ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का उपत्यका आसपास महशुस भएको हो ।
नेपाल–तिब्बत सीमा तातोपानी आसपास केन्द्रविन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको क्षतिबारे कुनै आधिकारिक जानकारी भने आइसकेको छैन् ।