मुख्य समाचारसमाचार

कार्तिक १८ देखि उम्मेदवारले र्याली, गोष्ठी गर्न पाउँछन्- आयुक्त भण्डारी

Gobal IME Bank

काठमाडौं निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारहरुले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भुमिका बिषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कार्तिक ५ देखि १८ गतेसम्मको अवधि उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्ने समयको भएको भन्दै कोणसभा, आमसभा, र्याली, गोष्ठी, सेमिनार लगायतका प्रचारबाजी गर्न नहुने बताउनु भयो । उहाँले उम्मेदवारको प्रचारबाजीका लागि आयोगले निश्चित समय सीमा तोकेकाले समयसीमा भित्र रहेर उम्मेदवारले प्रचारप्रसार गर्न उचित हुने बताउनु भयो । आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनैपनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताउनु भयो । उहाँले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो । १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ । उहाँहरुले कोण सभा, आम सभा, ¥याली, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ । २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ । मौन अवधि भनेर ऐन, नियमको कुनैपनि ठाउँमा मौन अवधि भनेर हामीले देखेनौँ । यो भन्दा अघि धेरै पटक मौन अवधि भनेर राखिँदो रहेछ ।

संविधान, ऐन र नियमले नदेखेको नचिनेको मौन अवधि भनेर भन्ने त्यो शब्दान्तर गरेर राखेको शब्दलाई हामीले हटाएर, हामी आफैँ अहिले मौन बसेको अवधि हो । ४ गते निर्वाचन हुँदैछ । त्यसपछि एक हप्ताको समय मत गणना र घोषणा हुन्छ । हामी अब हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहीत, आफूले विश्वास गरेको, मनले जितको प्रतिनिधिलाई कसरी मत दिने भन्ने सन्दर्भमा जनताले हेर्ने अवधि नभएको हुनाले यही अवस्थामा हामी निर्वाचन आयोगले सञ्चारजगत र निर्वाचन आयोगको एउटै सिक्का दुई वटा पाटा भएर अघि बढ्दा त्यो बेलाको जुन जोखिम अवधि आउँछ, त्यसलाई सहजै ढंगले चिर्नसक्छौँ भनेर सातै प्रदेशमा सञ्चारकर्मीसँग अन्तरक्रियामा छौँ ।’

आयुक्त भण्डारीले आगामी निर्वाचनलाई निष्पक्ष बनाउन सञ्चारमाध्यमको भुमिका उल्लेखनीय रहेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button