अन्यसमाचार

आर्थिक समृद्धिको पहिलो आधार कृषि हो : उपराष्ट्रपति पुन -GoodNews24

Gobal IME Bank

वुलवुले । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिको पहिलो आधार जैविक कृषि भएको बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगर–११ को गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालयको एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लट स्थापना तथा सञ्चालनको उद्घाटनमा उपराष्ट्रपति पुनले आर्थिक समृद्धिको पहिलो आधार कृषि भएको बताउनुभयो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले आधुनिक प्रविधिद्वारा मात्र कृषिको विकास हुने बताउनुभयो । “आधुनिक प्रविधिद्वारा कृषिको विकास जरुरी छ । आधुनिक उत्पादन तथा औद्योगिक क्रान्ति गरेर मात्रै नेपालको समृद्धि सम्भव छ”, उहाँले भन्नुभयो । “पहिला यहाँको उत्पादन बाहिर जान्थ्यो, अहिले बाहिरको वस्तु आउने गरेको छ । अर्बौं पैसा बाहिर जाने गरेको छ । गाउँमा बाँझो जमिन बढ्दै गएको छ । अब यो समस्या समाधान गर्न समग्र कृषिको आधुनिकीकरण गर्न जरुरी छ”, उपराष्ट्रपति पुनले भन्नुभयो ।

कृषिलाई पहिलो प्राथमिकतामा पारेर अगाडि बढ्न सके समृद्धिको आधार थप बलियो हुने उहाँले बताउनुभयो । विषादिरहित उत्पादन हाम्रो प्राथमिकतता हुनुपर्ने भन्दै उपराष्ट्रपति पुनले विषादिरहित खाद्यान्न र तरकारी उत्पादन गरेर नमूना बन्न कर्णाली प्रदेशलाई सुझाउनुभयो । कर्णाली प्रदेशबाट जैविक कृषिको आधार तयारको अभियान शुरु भएको भन्दै उहाँले जैविक कर्णाली प्रदेश कृषिमा नमूना प्रदेश बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय परिसर आँप र फर्सीको बिरुवा रोपेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो । विद्यालयले निर्माण गरेको जैविक मल, वेष्ट डिकम्पोजर र जीवामृतलगायतका नमूना कामको अवलोकन गर्नुभएको थियो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेश नं ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेल, कर्णाली प्रदेशसभा सदस्य पदमा खड्का, कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारी, कृषि सचिव राजेन्द्रप्रसाद भारीलगायतका कर्मचारीको सहभागिता रहेको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button