मनोरञ्जनमुख्य समाचारसमाचार

किसमिस पानी पिउने उपयुक्त समय कतिबेला ? तयार गर्ने विधि र फाइदाहरू हेर्नुहोस्

Gobal IME Bank

एजेन्सी । सुख्खा फलमा समावेश किसमिस अङ्गुरलाई सुकाएर तयार गरिने फल हो । यसमा अङ्गुरको सबै गुण पाईन्छ । किसमिसको सेवन हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ ।

किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम, म्याग्नेसियम र फाईबर जस्ता पोषक तत्वहरु भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा पाइने सबै तत्वहरु पनि पाईन्छ ।

तयार गर्ने विधि

एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् र त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । बिहान यस पानीलाई खालि पेटमा पिउनुहोस् । यसबाट तपाइलाई विभिन्न किसिमको स्वास्थ्य सम्बन्धि लाभ मिल्छ ।

फाइदाहरू: 

१. ज्वरो आएको समयमा किसमिस पानि पिउनु लाभदायक हुन्छ । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले ज्वरोलाई घटाउन मद्दत गर्छ ।

२. किसमिस पानीलाई दैनिक पिउनाले कोलेस्ट्रोल (बोसो) को मात्रा नियन्त्रण हुन्छ । कोलेस्ट्रोलको मात्रा ज्यादा प्राय मानिसहरुले अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्छ त्यसैलै यस्ता मानिसहरुले किसमिस पानी दैनिक पिउदा फाइदाजनक हुन्छ।

३. नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत पुर्याउछ ।

४. किसमिसले छालाको चाउरीपनलाई पनि कम गर्न मद्दत गर्छ । यसको लागि दैनिक बिहान किसमिसको पानी पिउने बानि बसाल्दा् सधै जवान देख्न मद्दत मिल्छ ।

५. कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button