अन्यसमाचार

बोश डिजेलले नेपालमा फोकस बलियो बनाउँदै,व्यवसाय अझ बढाउने लक्ष्य

Bosch

Gobal IME Bank

काठमाडौँ । नेपाल प्रवेशको एक वर्षभन्दा बढी समय व्यवसाय गरेको बोशले नेपाललाई रणनीतिक महत्वको क्षेत्रको रुपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता स्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपुर्तिकर्ता बोशले नेपाली बजारमा लगानी जारी राख्नेछ भने अब्बल डिजेल सर्भिस दिनेछ ।
आफ्नो पहिलो भ्रमणमा, भारतमा बोशका अध्यक्ष तथा बोश लिमिटेडका प्रबन्ध निर्देशक गुरुप्रशाद मुदलापुर “नेपालमा विशिष्ट भौगोलिक लाभ र उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण छ । विशाल सम्भावनाका साथ यस क्षेत्रसँग आशाजनक भविष्य छ । बोशले यस संक्रमणको केन्द्र चाहेको छ । हामीले यहाँ डिजेलका पार्टहरूको लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता
देखेका छौँ र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादन मार्फत सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौं” ।
सन् २०२२ को मेमा सम्पर्क कार्यालय खोलिसकेपछि नै बोशले
अटोमोटिभ, पावर टुल , भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्यसेवा क्षेत्रमा उत्पादन र समाधानहरुको विस्तृत शृंखला प्रदान गर्दै आएको थियो । यसका साथै इकोसिस्टमको सपोर्ट, त्यसको हेरचाह र विस्तार गर्ने प्रमाणको रुपमा बोशले भर्खरै काठमाडौँमा आफ्नो पहिलो बोश डिजेल सर्भिस ९
बीडीएस० साझेदारहरुको भेला आयोजना गरेको छ । उक्त भेलामा बोशका अटोमोटिभ वितरकहरु, नेपालमा यसका बीडीएस साझेदाहरु र अटो ओईएमहरु सहित करिब ६५ जना सहभागी थिए ।

अटोमोटिभ सेग्मेन्टमा बोश यसअघि नै तीन हजारभन्दा बढी डिलरका लागि नेपालका हरेक प्रदेशमा विस्तार भइसकेको छ । बोशले इकोसिस्टम साझेदारसँग व्यापक रुपमा सहकार्य गर्नेछ । यो विस्तारले ती क्षेत्रमा सक्कली र उच्च गुणस्तरीय पार्टको महत्व
स्थापित गर्न पनि मदत गर्नेछ । मोबिलिटी बाहेक बोशले नेपालका प्रम७३घढसख
जलविद्युत र निर्माण परियोजनालाई पनि सेवा दिइरहेको छ र विक्रीपछिको सेवाका लागि समर्पित केन्द्र स्थापना गरेको छ । सीसीटीभी,
सार्वजनिक ठेगाना, आगलागी चेतावनी प्रणाली समेटिएको बोशको भवन प्रविधि पनि देशका प्रमुख प्रतिष्ठानहरुमा जडान गरिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button