मनोरञ्जनमुख्य समाचारसमाचार

आज फिफा विश्वकपको फाइनल खेल, अर्जेन्टिना र फ्रान्स मैदानमा उत्रदै

Gobal IME Bank

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आईतवार राति हुँदैछ । कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ ।

लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुवै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो ।

फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेसीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो ।

मेसीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button