गुड न्यूज 24मनोरञ्जनसमाचार

चलचित्र ‘बगान’को ट्रेलर रिलिज, एकल महिलाले फिल्म निःशुल्क हेर्न पाउने

Movie Trailer

Gobal IME Bank

काठमाडौँ । असार २९ गते नेपाल भरी रिलिज हुन लागेको चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच ६ जना विशिष्ट एकल आमाहरूलाई सम्मान गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले देशैभर एकल महिलाले यो चलचित्र निःशुल्क हेर्न पाउने घोषणा गरेको हो ।

कार्यक्रममा बोल्दै निर्देशक तथा अभिनेता सरोज खनालले नेपालमा अहिले करिब १५ लाख जना एकल आमा रहेकोमा सबैले यो फिल्म हेर्न पाउन भन्ने उद्देश्यले निःशुल्क हेर्ने व्यवस्था गरिएको जानकारी दिए ।

तीन मिनेटको फिल्मको ट्रेलरमा एकल महिलाले पुनर्विवाह गर्ने विषयमा मतभेदलाई प्रस्तुत गरिएको छ । अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिका निभाएकी छन् भने अभिनेत्री प्रमीला कार्कीले मानन्धरकी छोरीको भूमिका निभाएकी छन् ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

स्वप्निल नीरवको कथामा आधारित रही बनेको यो फिल्मबाट अभिनेता खनालले निर्देशन डेब्यु गरेका हुन् । नेपाली वेबसाइट डटकमको प्रस्तुति रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । फिल्मको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र उपत्यका बाहिर एफडी कम्पनीले गर्दैछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button