सफल कथा

महिलाले गर्न नसक्ने केही पनि छैन- जीवनकथा : पहिलाे महिला प्रहरी

नेपालकै पहिलाे महिला प्रहरी चैतमाया डङ्गाेल : जीवनकथा

Gobal IME Bank

समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीकाे ठूलाे भुमिका रहन्छ। प्रहरी हरेक जनताकाे साथी हाे। प्रहरीका हरेक काम कारबाही निष्पक्ष तथा न्यायिक हुनुपर्छ। भनिन्छ, प्रहरी र जनताबिचकाे दूरी एकदमै नजिककाे हुनुपर्छ। प्रहरी त्यो हो जसले अपराधलाई कम गर्न र अपराधीलाई सजाय दिलाउन मद्दत गर्छ । प्रहरी भन्ने बितिक्कै हाम्रो दिमाखमा बर्दी लगाएको पुलिस सम्झना आउछ, जसले शान्ती सुरक्षा कायम गर्न दिनरात मेहनत गर्दछ । हामी यहाँ बिशेष गरी महिला प्रहरीको बारेमा कुराकानी गर्दैछौ । नेपालमा छाेरीलाई नपढाउने, घर बाहिर निस्किन नदिने अवस्थामा बनेकी नेपालकै पहिलाे महिला प्रहरी हुन्, चैतमाया डङ्गाेल। नाम सुन्नु भएको छ ? छैन ? आउनुस, हामी उहाँको भोगाइहरुका रोचक कुराहरु गर्दै छौ ।
नेपालकै पहिलाे महिला प्रहरी चैतमाया डङ्गाेलकाे जन्म वि सं १९९० सालमा काठमाडौंकाे चाबहिलमा भएकाे हाे। व्यापारिक घरानामा जन्मिएकी डङ्गाेल बुबा कान्छा डङ्गाेल र आमा तरिमाया डङ्गाेलकी जेठी छाेरी हुन् । उनकाे विवाह १०-१२ वर्षकाे सानै उमेरमा केदार श्रेष्ठसँग भएकाे थियाे। उनी हाल ८९ वर्षकी भइन्।
उनकाे परिवारकाे इच्छा विपरीत वि सं २००८ सालमा उनी प्रहरी सेवामा प्रवेश गरिन्। उनी तत्कालीन प्रहरी प्रमुख नरशमशेरजबराकाे पालामा केही महिला नेत्रीहरुकाे सुझाव तथा साथीहरुकाे लहैलहैमा लागेर काठमाडौंकाे भद्रकाली सम्म पुगेकी थिइन। उनका अनुसार उनकाे टाेलमा केही महिलाहरु आएर सिंहदरबार जाऔँ, खेल्न, रमाइलाे गर्न, गफ गर्न तथा पैसा पाइन्छ भनेपछि उनी सिंहदरबार गएकी थिइन। त्यसै समयमा प्रहरीका हवल्दार तथा असइहरु आएर खेलकुद सिकाउने तथा तालिम दिने गर्दथे। तर पनि उनलाई भने ती प्रहरी भएकाे पत्तै थिएन। लगभग ४ महिनापछि ती तालिम दिने व्यक्तिहरु प्रहरी भएकाे उनले थाहा पाइन । त्यसपछि उनीहरुहरुलाई सिंहदरबार लगेर प्रहरी बर्दी लगाएका मानिस आई प्रहरीमा जागिर खानु पर्छ भन्दा उनीहरुकाे हाेस नै उडेकाे थियाे। उनीहरुलाई प्रहरी बन्छाै, पैसा पाउँछाै भन्ने लाेभ देखाउदा पनि उनीसँगै २५ जनाले प्रहरीमा जागिर नखाने अडान लिएका थिए। त्याेबेला उनीहरुले अस्वीकार गरेका व्यक्ति नरशमशेर जबरा थिए। निरङ्कुश राणा शासनकाे बेला विराेध गर्ने कुनै अवस्था थिएन । त्यसैले उनीहरुकाे अडान पनि धेरै बेर टिकेन। उनी भन्छिन ‘जबराका सहयाेगीहरुले कि जागिर खाउ, कि त जेल जाउ, कि त तालिमकाे पैसा तिर भनेर धम्की दिएपछि जेल जानुकाे सट्टा जागिर खाने निर्णयलिएका थियाैँ।’
उनी, फकाएरै र झुक्क्याएरै प्रहरीमा लागेकाे कुरा पनि बताउछिन् । प्रहरीकाे जागिर खाएकाे बेला उनका पतिकेदार श्रेष्ठ निकै असन्तुष्ट भएका थिए।


प्रहरी जागिर भएपछि विस्तारै जागिरमा रमाउन थालेकी थिइन र आफ्नो श्रीमानलाइ पनि मनाउन सफल भएकी थिइन। उनले त्यसबेला धेरै चुनाैतीहरुकाे सामना गर्नुपर्याे । पहिलाे महिला प्रहरी हुँदा संगठनभित्रै, बाटाेघाटाे र टाेल समाजमा समेत चुनाैतीहरु झेल्नु पर्याे। टाेल छिमेकमा आमाबुवाले आफ्ना छाेराछाेरीलाइ गाली गर्दा पनि ‘हेरन कस्ताे पुलिस जस्ताे’ भनेर गाली गर्ने गर्थे। बाटाेमा आवतजावत गर्दा पनि धेरै मानिसहरुले जिस्काउने गर्थे। ती नै जिस्काउने कतिपय मानिसलाई लखेटेर कुटेकाे रमाइलाे किस्सा पनि उनीसंग छ । त्याे समयमा २५ महिलाकाे दरबन्दीलाइ ३०/३० रुपैँया तलब दिएको थियो ।
उनले प्रहरी भई काम गरेकाे बेला धेरै जसाे महिलाले जागिर छाडेका थिए । त्यसै समयमा उनी वि सं २०३२ सालमा असई पदमा नियुक्त भइन्। साथै वि सं २०३९ सालमा असई पदबाट राजिनामा दिइन। त्यस कार्यकाल बिचमा उनले धेरै महत्वपूर्ण जिम्मेवारीहरु पाईन र धेरै सफलताहरु पनि पाईन । तर पनि उनले साेचे जस्ताे बढुवा नभएकाे गुनासाे उनमा छ । उनले झण्डै ३२ वर्ष प्रहरी भएर देशको सेवा गरिन ।
विगतकाे तुलनामा अपराध र अपराधीकाे दायरा फराकिलाे भएकाे र सुरक्षामा चुनाैती बढेकाे कुरा उनी बताउछिन । अहिले अपराध र अपराधीकाे दायरा फराकिलाे हुनुमा उनी समयकाे परिवर्तन सँगै मानिसकाे साेचमा भएकाे परिवर्तनलाई दाेष दिन्छिन् । उनले समय ठिक नभई सबै मानिसलाई हरेक चिजकाे लाेभ भएर समाजमा अपराध बढेकाे कुरा बताएकी छिन्।
त्यस्तै उनी ६६ औँ प्रहरी दिवसकाे अवसरमा प्रहरी हेडक्वाटरमा आयोजित समाराेहमा ‘प्रहरी प्रधान कार्यालय लाईफ टाइम अचिभमेन्ट’ पुरस्कारले सम्मानित भईन।
जिवनमा पैसा र सम्मानकाे अभाव नभएकाे र निवृत्तिभरण बाट प्राप्त हुने १८००० रुपैँयाले गुजारा गर्ने कुरा उनले खुलाएकी छिन्। १५ वर्ष अगि नै उनकाे श्रीमान केदार श्रेष्ठकाे मृत्यु भईसक्यो । उनका कुनै सन्तान छैनन् । ८७ वर्षीय चैतमाया डङ्गाेल हाल एक्लै आफ्नो जिवन चलाईरहेकी छिन्।
परिस्थिती जे जस्तो भए पनि आफु पहिलो महिला प्रहरी भएर देशमा सेवा गर्न पाउदा उनी मन देखी खुशी छिन । देशको माया गर्ने उनमा आज पनि धेरै महिलाहरु देशको निस्वार्थ प्रहरीमा लाग्नको निम्ती अभिप्रेरित गर्छिन । उनी भन्छिन, ‘महिलाले गर्न नसक्ने केही पनि छैन । हामीले हाम्रो देश र आफ्नो माटोको लागि पुरुष सरह नै राष्ट्रसेवाको काम गर्न सक्छौ ।’

-सविना कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button