मुख्य समाचारसमाचार

उपत्यकाभित्र सुरु भयो ‘सम्पदा बस’, अब घुम्नुहोस् उपत्यकाका यी सम्पदाहरु बस चढेर

Gobal IME Bank

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा घुम्नको लागि आज देखी काठमाडौं उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आएको छ ।

उक्त बसमा चढेर उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गर्न सकिनेछ । तत्कालका लागि यो सम्पदा बस सेवा निःशुल्क प्रयोगमा ल्याइने छ ।

नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौं उपत्यकाका सम्पदा देखाइने भएको हो ।

आज ललितपुर महानगरपालिकाबाट औपचारिक रूपमा सुरु गरिने ‘हफ अन हफ अफ बस’ सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button