अन्यगुड न्यूज 24शिक्षा स्वास्थसमाचार

अरुबाट सम्मान प्राप्त गर्नकोलागि केही टिप्सहरु पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

सम्मान त्यस्तो चिज हो जो हरेक व्यक्तिले चाहन्छन । अरुबाट अपमानित हुन कसैलाई पनि मन पर्दैन । अरुबाट सम्मान पाउनु पहिले त उनीहरुको मन जित्नुपर्छ र आफुले पनि  सम्मान गर्न सिक्नुपर्छ  । सम्मान लिनु दिनु त्यति सहज छैन तर सम्मानको लागि हामीले कुनै ठूलै काम गर्नुपर्छ वा ठूलो सफलता हासिल गर्नुपर्छ भन्ने पनि जरुरी छैन ।
अरुबाट सम्मान पाउन चाहनेले आफ्नो आचरण र व्यक्तित्व असल बनाउनुपर्छ । यसको निम्ति आफूभित्र भएका केही खराव बानिहरुमा परिवर्तन ल्याउनु आवश्यक छ ।

अरु व्यक्तिबाट सम्मान प्राप्तको लागि केही महत्वपूर्ण टिप्सहरु उल्लेख गरिएका छन् ।

– अरुको बारे नराम्रो भन्न छाड्नुहोस ।
कुनै ब्यक्ति अगाडि हुदा उसको तारिफ गर्ने अनि उसको अनुपस्थितिमा उसको बारे नराम्रो भन्नेलाई हाम्रो समाजमा कुरौटेको उपनाम दिइन्छ । कुरौटेको छबि बनाएका ब्यक्ति सम्मानका लायक हुदैनन त्यसैले सधै सोच्नुहोस कि तपाइँ जसको बारेमा कुरा गर्दै हुनुहुन्छ त्यो व्यक्ति तपाइको साथमै छ ।

– वचन पुरा गर्नुहोस ।
सम्मान प्राप्त गर्ने महत्वपूर्ण तरिका हो वचनबद्ध हुनु । कसैलाई पनि आफुले पुरा गर्न नसक्ने या हुन नसक्ने आश्वासन दिनु राम्रो होइन । झुटो आश्वासनले विश्वास तोड्ने काम मात्र गर्छ ।  त्यसैले तपाइँ जे बोल्नुहुन्छ जुन कुरा गर्छु भन्ने प्रण गर्नुहुन्छ त्यो पुरा गरेरै छाड्नुहोस । सम्मान गर्नेहरुको कहिल्यै कमी हुदैन ।

–  सक्रिय हुनुहोस्।
केहि कार्य गर्दा सधैं अरुबाट निर्देशनको लागि नपर्खनुहोस बरु सहि तरिका पहिचान गरेर कसैको भर नपरी अघि बढ्नुहोस । काम गर्न र समस्या समाधान गर्नका लागि आफ्नो सीप र साधनहरूको प्रयोग गर्नुहोस् । चीजहरूको बारे सोध खोज गरेर पत्ता लगाउने बानी गर्नुहोस्। चुनौतीहरु देखि नडराउनुहोस्।

– हरेक कुरामा माफ नमाग्नुहोस ।
काम गर्दै जाँदा जानेर या अन्जानमा गल्ति हुन सक्छन सकेसम्म आफुबाट गल्ति हुन नै नदिनुहोस कथम कदाचित गल्ति भइ हालेमा गल्तिको महसुस गरि त्यसलाई सुधार्न तिर लाग्नुहोस । हरेक साना साना गल्तीमा धेरै माफी मागीरहनाले मानिसहरु तपाईलाई गलत नजरले हेर्छन ।  जसले तपाइले प्राप्त गर्ने सम्मानमा असर पुर्याउँछ ।

– नरिसाउनुहोस् । 
यदि  तपाईं  मानिसहरुसँग बिनाकारण बारम्बार रिसाउनुहुन्छ र क्रोधित बन्नुहुन्छ भने उनीहरुले तपाईंसँग दुरी बनाउँछन् । त्यसैले खुसी रहनुहोस् र उनीहरुसँग हाँसेर कुरा गर्नुहोस् । मानिसहरुसँग रिसाउनुको सट्टा उनीहरुसँग प्रेम गर्नुहोस्, त्यसपछि मात्रै अरुले तपाईंलाई सम्मान गर्छन् ।

– धेरै स्मार्ट बन्ने प्रयास नगर्नुहोस ।
हाम्रो समाजमा धेरै राम्रो बन्न खोज्ने व्यक्तिहरु धेरै भेटिन्छन । राम्रो हुनु आचरणमा भर पर्ने कुरा हुन अरुको अगाडि स्मार्ट बन्न खोज्ने बोलेरै राम्रो भइन्छ भन्ने ठान्नु भ्रम मात्र हो । हामी सबैको लागि राम्रो बन्न सक्दैनौ यदि हामी १०० को लागि राम्रो बन्छौ भने ४/५ जनाको लागि हामी पक्कै नराम्रो हुन्छौ त्यसकारण राम्रो होइन सहि बनौ ।

– सहयोगी बन्नुस ।
मानवता मानव हुनुको एक सर्वश्रेष्ठ गुण मध्य एक हो । अरुको ख्याल राख्नुहोस ।  अरुको दुखमा साथ दिने व्यक्ति कहिल्यै पनि अपमानित हुनु पर्दैन । त्यसैले तपाईं पनि सँधै दयालु बन्नुहोस र दुखमा परेका मानिसहरुको मद्धत गर्ने कोसिस गर्नुहोस् । छरछिमेकका मानिसहरु तथा कार्यालयमा आफ्ना सहकर्मीहरुलाई आफूले सकेको/जानेको मद्दत गर्नुहोस् । यसरी अरुलाई सहयोग गर्ने बानीबाट तपाईंले उनीहरुको सम्मान पाउन सक्नुहुन्छ ।

– खुला हृदय बनाउनुहोस ।
संकुचित भावना राख्ने व्यक्ति न कहिल्यै आफु सफल हुन सक्छ न त अरुलाई नै सहयोग गर्न सक्छ । समाजमा भएका सबै व्यक्ति र उनीहरुका विचार एक समान हुन सक्दैनन् ।  जात जाती, भाषाभाषी हरेकको विचारको कदर गर्नु र सबैलाई प्रेमको नजरले हेर्नुपर्छ । समय अनुसार आफुलाई बदल्न सिक्नु पनि सम्मानको लागि गुण हो ।

– परिश्रमी र प्रेरणादायी बन्नुहोस ।
सफलताको शुत्र नै परिश्रम हो । परिश्रम र परिश्रमी व्यक्तिको संसार भर नै सम्मान हुन्छ । अरुको लागि प्रेरणाको स्रोत बन्नु पनि जरुरी हुन्छ । असल कार्य गरेर अरुलाई आफु उदाहरण बनेर देखाउनुहोस ताकि उनीहरु तपाइको अनुसरण गरेर जीवनमा केहि कार्य गर्न सकुन ।

–  गलतलाइ समर्थन नगर्नुस  ।
अरूको चित्त दुख्ला कि भनेर अरूको हरेक कुरामा स्वीकृति दिनु तपाइको सम्मानको लागि घातक बन्न सक्छ । यदि कुनै कुरा गलत छ भने त्यो कुरामा नहिच्किचाई अस्विकार गर्न सक्नु पर्दछ चाहे त्यो तपाइको जतिसुकै नजिकको व्यक्तिबाट गरिएको प्रस्ताव किन नहोस । गुमाइसकेको अवसर बारेमा चिन्ता नलिनुहोस बरु आउने अवसर नगुमोस त्यसको बारेमा सधै सतर्क बन्नुहोस ।

-आफुमा विश्वास राख्नुहोस ।
हामी कहिलेकाही आफु सहि भएको महसुस गर्छौ तर त्यो केवल आफ्नो लागि मात्र सहि हुन्छ । पहिले आफु सहि छु भन्ने निश्चित गर्नुहोस । त्यसपछि आफ्नो तरिकामा यति विश्वस्त बन्नुहोस कि कसैले तपाईलाई अनेक कुरा भनेर त्यो निर्णय बाट भड्काउन नसकोस ।आफुमा विश्वास नगर्ने अरुको लहलहैको पछि लाग्ने व्यक्ति न सफल नै बन्न सक्छ न त सम्मानको लायक नै ।

– कम बोल्नुहोस ।
कम बोल्ने र धेरै काम गर्ने बानीले तपाईलाई सम्मानको लायक बनाउँछ । आफुले नजानेको नबुझेको बिषयमा नसोची प्रतिक्रिया दिनु सहि हुन्न । धेरै बोलिरहने व्यक्तिले कतिबेला वाहियात कुरामा आफु र अरुलाई भुलाइरहेको हुन्छ थाहा पनि पाउंदैन । प्राय मानिसहरुले धेरै बोल्ने व्यक्ति मन पराउदैनन्। त्यसैले अरुको मन जित्न कम बोल्ने मिठो बोल्ने गर्नु जरुरी छ ।

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3930″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button