काठमाडाैँ । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनका तुलनामा आज अनपेक्षित रुपमा रु तीन हजारले घटेको छ । बिहीबार रु ८१ हजार ५०० मा कारोवार भएको प्रतितोला छापावाल सुन आज ७८ हजार ५०० मा झरेको सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत मङ्गलबार तोलाका रु ८२ हजार ७०० मा कारोवार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार रु २०० ले कमी आएको थियो भने बिहीबार रु ८०० ले घटेको थियो । चाँदीको मूल्यमा पनि रु ४० ले गिरावट आएको छ । आज असली चाँदीको मूल्य रु ८२० कायम भएको छ ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”2573″]
[irp posts=”4224″]
[irp posts=”2714″]
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”3875″]
[irp posts=”3930″]
[irp posts=”2617″]
[irp posts=”4080″]
[irp posts=”4103″]