समाचार

कीर्तिमानी आरोही बुढामगरलाई माओवादीको सम्मान

Gobal IME Bank

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई सम्मान गर्नुभएको हो ।

सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उहाँले सञ्चालन गर्न लाग्नुभएको विश्व शान्ति अभियानमा आफ्नो पार्टीका तर्फबाट सहयोग रहने बताउनुभयो । आरोही बुढामगरले अपाङ्गता भएका व्यक्तिका लागि माओवादी नेतृत्वको वर्तमान सरकारले राम्रा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

घुँडासम्म दुवै खुट्टा गुमाउनुभएका भूतपूर्व गोर्खा सैनिक बुढामगर यही जेठ ५ गते सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । उहाँ घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही बन्नुभएको छ । बुढामगरले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button