मुख्य समाचारसमाचार

अध्यक्ष तिमिल्सिनासँग दक्षिण कोरियाली राजदूतको भेट

Nepal Korea Relation!

Gobal IME Bank
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनासँग आज नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङले भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदानप्रदान, हवाई उडान, पर्यटन तथा  आर्थिक विकासलगायत विषयमा कुराकानी भएको छ । भेटमा अध्यक्ष तिमिल्सिनाले  दुई देशबीचको द्विपक्षीय सम्बन्ध तथा सहयोग अझ प्रगाढ र सुदृढ हुनेमा  विश्वस्त रहेको बताउनुभयो । उहाँले आगामी वर्ष नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको पचासौंँ वार्षिकोत्सवलाई नेपालको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने गरी मनाउनुपर्नेमा जोेड दिनुभयो ।
अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा दक्षिण कोरियाको  सहयोग उल्लेखनीय रहेको बताउँदै सामसुङले जस्तै अन्य कारखाना पनि नेपालमै राखेर उत्पादन गर्न आग्रह गर्नुभयो । उहाँले अहिले कोरियामा नेपाली श्रमिकले काम गरिरहेको अवस्थामा नेपालमै काराखाना राख्दा श्रमसमेत सस्तो हुने भएकाले कोरियाली कम्पनीलाई पनि व्यापारमा थप लाभ हुनसक्ने जिकिर गर्नुभयोे ।
अध्यक्ष तिमिल्सिनाले आफूले कोरियाको औपचारिक भ्रमणका क्रममा पनि यस विषयमा कुरा राखेको अवगत गराउँदै भविष्यमा नेपालको जलस्रोत, कृषि र पर्यटनका क्षेत्रमा पनि कोरियाली लगानी भित्रने अपेक्षा गर्नुभयो । कोरियाली पर्यटकको नेपालप्रति आकर्षण रहेकाले आगामी दिनमा पर्यटकको सङ्ख्या दोब्बर वृद्धि गर्ने उद्देश्यसहित काम अघि बढाउन सुझाव दिँदै उहाँले नेपाल एयरलायन्सको कोरियामा सिधा उडान सुरु गर्न पनि आग्रह गर्नुभयो ।
दुबै एयरलायन्सले उडान सञ्चालन गर्दा भाडादर सस्तो हुने र  नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि हुने भएकाले नेपाली श्रमिक र कोरियाली पर्यटक दुबै लाभान्वित हुन सक्नेमा अध्यक्ष तिमिल्सिनाले  ध्यानाकर्षण गराउनुभयो ।
राजदूत तइयोङले कोरियाको रोजगार क्षेत्रमा नेपाली कामदारको उल्लेख्य उपस्थिति रहेकाले  कोरियामा सिकेको सीप र आर्जन गरेको पुँजीलाई नेपालमा फर्केर उद्योग तथा व्यवसायमा लगाउने वातावरण बनाउन  आग्रह गर्नुभयो । नेपालीहरूको स्वदेश फर्केपछि अहिले घर र गाडीमा लगानी गर्ने क्रम बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले त्यसको साटो रोजगारी सिर्जना गर्दा देश र जनताका साथै सम्बन्धित व्यक्तिलाई  पनि फाइदा हुनसक्नेमा जोड दिनुभयो ।
नेपाली श्रमिक शिष्ट, मेहनती र अनशासित रहेको बताउँदै राजदूत तइयोङले नेपालबाट जाने श्रमिकको सङ्ख्या आगामी दिनमा बढ्दै जाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपाल र कोरियाको कूटनीतिकसम्बन्ध स्थापना भएको स्वर्ण जयन्तीको अवसरमा आफ्नो मुलुकले विशेष कार्यक्रम गर्ने योजना बनाएको बताउनुभयो ।
 नेपाल विश्वकै दोस्रो ठूलो जलस्रोतको देश भएको बताउँदै उहाँले जलविदयुत्लगायत क्षेत्रमा आफ्नो मुलुक लगानी गर्न इच्छुक रहेको पनि जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button