समाचार

राति १० बजे पछि देउसी खेल्न नपाउने

Gobal IME Bank

deusiकात्तिक ८, काठमाडौं। देशभरका स्थानीय प्रशासन कार्यालयहरुले राति १० बजेदेखि बिहान ६ बजेसम्म देउसी/भैलोलगायत कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । रातमा देउसी भैलो खेल्दा हुन सक्ने सम्भावित अपराधलाई ध्यानमा राख्दै सर्व साधरणलाइ राति १० बजे अनि बिहान ६ बजे भन्दा अघि देउसी भैलो खेल्न रोक लगाएको छ र उक्त नियम पालना नगरिएको थाहा पाएमा नियम उल्लङ्घन सम्बन्धि मुद्दा चलाई कडा भन्दा कडा कारवाही गरिने समेत बताइएको
छ । रातको समयमा देउसी भैलो खेल्दा बिगतका बर्षमा धेरै अपराध भएका छन् तिनै अपराध फेरी नदोहोरियोस भन्ने हेतुले यस्तो नियम ल्याउनु परेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनु भयो । रातको समय मदिरा सेवन गरेर देउसी खेल्न जादा झै–झगडा, हुल–हुज्जत तथा अन्य आपराधिक क्रियाकलाप हुन गइ शान्ति–सुरक्षामा असर पुग्नसक्ने भएकाले देउसी–भैलो खेल्ने समयावधि तोकिएको उनले बताउनु भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीले चाडपर्वलाइ मर्यादित र व्यवस्थित रुपमा मनाउन सर्वसाधरण संग आग्रह गरिएको र तोकिएको समयमा मात्र देउसी भैलो खेल्न पाइने कुरा उल्लेख गर्नुभयो । देशको ‘शान्तिसुरक्षा र सार्वसाधारणको निजी जीवनमा नकारात्मक असर नहुने गरी सांस्कृतिक चाडपर्व तथा मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला पक्षको ध्यानाकर्षण गराइएको छ । त्यस्तै ‘कसैले देउसी/भैलो तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमको नाममा कुनैपनि व्यक्ति वा संस्थासँग लिखित वा मौखिक रुपमा जबर्जस्ती चन्दा माग गरेको पाइए त्यसमाथी पनि कडा कारबाही हुने कुराको समेत जानकारी एसएसपी उत्तम सुवेदीले गराउनु भयो ।

बर्सेनि तिहार जस्तो पर्वमा पटाका पड्काउदा बिभिन्न घटना घट्दै आएको देखिन्छ त्यस कारण तिहारको समयमा पटका, लगायत अन्य सामाग्रीहरु जथाभाबी नपड्काउन सर्वसाधरणलाइ चेतावनी दिइएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button