गुड न्यूज 24शिक्षा स्वास्थ

बलात्कारबाट कसरी जोगिने ? बच्ने उपायहरू पढ्नुहोस् र सेयर गर्नुहोस् – GoodNews 24

Gobal IME Bank

protection-from-rape

नेपालमा अहिले दिनँहु बलात्कारका घटनाहरुको बारेमा समाचार आईरहन्छ । बलात्कारीहरू सिकारी जस्तै हुन्, जसरी शिकारीले आफ्नो सिकारलाई निर्ममता पुर्वक मारेर आफ्नो भोजन बनाउछन त्यसै गरी नै बलात्कारीले पनि कुनै ममता बिना नै क्रुरतापुर्वक कसैको बलात्कार गर्छ । केहि उपायहरुको पालना गरेर, तपाईं आफ्नो संसारलाई ती सिकारीहरूबाट अलि सुरक्षित बनाउन सक्नुहुन्छ। तपाइँलाइ आफ्नो रक्षा गर्न यहा केहि आवश्यक मनोवैज्ञानिक र शारीरिक जानकारी र सीपहरूका बारेमा एक छिन चर्चा गरौ ।
दिनँहु बलात्कारका घटनाहरु बढिरहेका छन् यस्तो अवस्थामा आफुले आफुलाई कसरी सुरक्षित राख्ने भन्ने बारे ज्ञान हुनु अति नै आवश्यक छ ।

यो लेख कुनै पनि हिसाबले बलात्कारीको प्रोत्साहनको लागि होइन – यसले केवल सुझावहरू प्रदान गर्दछ जसले तपाईंलाई सुरक्षित महसुस गर्न मद्दत गर्दछ। तपाइको सुखी संसारमा, सम्भावित बलात्कार रोक्न उत्तम तरिका दुबै लिंगका सबै सदस्यहरूलाई एक अर्कालाई सम्मान गर्न र मद्दत गर्न सिकाउनु हो। यद्यपि तलका बुदाहरुले वा जानकारीले तपाईंलाई खतरनाक अवस्थाबाट बच्न मद्दत पुर्‍याउन सक्दछ।

१. तपाईंको कुनै पनि कार्यले बलात्कारलाई प्रोत्साहन नगरोस ।
तपाईंले बोल्नु भएका बोली शब्दहरुले कसैलाई तपाईं गलत हुनुहुन्छ भन्ने अर्थ नलागोस । आफ्ना बोली र प्रयोग भएका शब्दहरुले, तपाईंले लगाउनु भएको लवाइले, तपाईंले गर्नु भएको ब्यवहाँरले कसैलाई बलत्कार गर्न अभिप्रेरित नगरोस ।
त्यस्ता ब्यवहाँर वा पहिरन लगाएर नहिड्नुहोस जसले बलात्कारीलाई बलात्कारको लागि उत्प्रेरित गर्न सक्छ । धेरैको नजर तपाईंको लवाइमा हुन्छ त्यसैले अंग देखिने वा उताउलो प्रकारको पहिरन नलगाउनुस ।

२. आफ्नो कमजोरी नदेखाउनुस
आजको समयमा यहा धेरै कुरा छन् जुन बलात्कारलाई रोक्नको लागि गर्न सकिन्छ, र यो महिलाको दृष्टिकोणबाट शुरू हुन्छ। हाम्रो समाजमा महिला कम्जोर हुन्छिन भन्ने खालको गलत धारणा फैलिएको छ यहि धारणाको कारण कतिपी पुरुष महिलालाई कम्जोर सम्झिन्छन र बलात्कार जस्तो घृणित कार्यको लागि उत्साहित बन्न जान्छन । कुनै पनि व्यक्ति बाट बलात्कार नहोस भन्नको लागि उसमा महिला कम्जोर छैनन् र उनीहरु बलात्कार बहेको खण्डमा जे पनि गर्न सक्छन भन्ने किसिमको डर हुनु निकै जरुरि छ ।

3.यो जान्नुहोस् कि अधिकांश बलात्कार पीडितले चिनेको व्यक्तिबाट हुन्छ
अनुसन्धान बाट यो प्रमाणित भएको छ कि सम्पूर्ण बलात्कारका घटना मध्य ६७ प्रतिशत मात्र घटनामा बलात्कारी नजिक वा चिनेजानेको नै हुन्छ । यसको मतलब धेरै जसो बलात्कार तपाईलाई चिने जानेको र तपाइलाइ पछ्येरहने व्यक्ति हुन् सक्छन । त्यसैले तपाइका नजिकका आफन्त कसैले तपाईलाई लामो समय देखि नियालिरहेको छ या त अलग्गै नजरले हेरिराखेको छ भने उसले मौका कुरिरहेको हुन् सक्छ त्यसकारण सावधान रहनुहोस त्यस्ता व्यक्तिहरुबाट टाढा रहनुस । तिनीहरुको व्यवहारबाट पनि उनीहरुको घृणित मानसिकता बुझ्नहोस ।

४. जो सुकै भए पनि हात हालेर चल्न नदिनुस र तपाईं पनि नचल्नुस
धेरै जसो ब्यक्ति अनेक बहानामा तपाईंलाई छुन चाहन्छन । याद गर्नुस धेरैको नजर तपाईंको सम्बेदनशिल अंगमा हुन्छ । त्यस माथि वरिपरिका ब्यक्ति नै तपाईंसंग चल्ने र जिस्कने बानी छ भने तिनीहरुसंग अलग रहनुस । आफु पनि हात हालेर नचल्नुस र अरुलाई पनि हात हालेर चल्न नदिनुस । चल्ने बहानामा तपाईंको सम्बेदशिल अंगहरुमा छुन वा जिस्कन नदिनुस । यस्तो बानीले तपाईंलाई नै असार पुर्याउछ ।

तल केहि बुदा छन् जसले तपाईलाई यात्रा गर्दा या घरमा एक्लै हुदा सम्भावित बलात्कार बाट बचाउन सक्छ ।

– यो पत्ता लगाउनुहोस को तपाइकोलागि को आफन्त या छिमेकी सुरक्षित छन् या त असुरक्षित छन् ।

– एक विश्वसनीय सहकर्मी संग मात्र यात्रा गर्ने गर्नुहोस

– घरमा एक्लै हुनुहुन्छ भने, सधैं ढोका बन्द गरेर बस्नुस ।

– तवसम्म ढोका नखोल्नुहोस् जबसम्म तपाईले यो निश्चित गर्नुहुन् कि तपाइको घर या कोठामा आउने व्यक्ति तपाइको विश्वसनीय व्यक्ति हो ।

– मदिरा सेवन गरि असुरक्षित ठाउमा जाने या बस्ने नगर्नुहोस ।

– नचिनेको मान्छे संग सजिलै सम्बन्ध नबढाउनुहोस ।

– आपत्कालिन नम्बर वा ब्यक्तिको नम्बर याद गरिरहनुस ।

आफु सुरक्षित रहनु नै सबै भन्दा उत्तम उपाय हो । आफु संगै आफ्ना साथीहरुलाई पनि यि बारे जानकारी दिनुहोस सेयर गर्नुहोस्  ।

गुड न्यूज 24 
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button