मुख्य समाचारसमाचार
गोरखा २ मा प्रचण्डको फराकिलो अग्रता, पाँच हजारभन्दा बढीको मतान्तर
काठमाडौं । गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ अग्रस्थानमा हुनुहुन्छ । ‘प्रचण्ड’ले हालसम्म ७ हजार ५७ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै प्रचण्डलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी दोस्रो स्थानमा हुनुहुन्छ ।
उहाँले एक हजार ९ सय २९ मत प्राप्त गर्नुभएको छ । यता नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मिया भने एक हजार ६ सय ७६ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मतगणना जारी छ ।