मुख्य समाचारसमाचार
गृहमन्त्रीद्वारा राहदानी विभागको अनुगमन
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गर्नुभएको छ ।
राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गर्नुभएको हो ।
यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”, गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार परराष्ट्रमन्त्री नियुक्त नभएकाले पनि प्राप्त जिम्मेवारीका आधारमा उहाँले आज स्थलगतरूपमा अनुगमन गरेर वस्तुस्थितिबारे जानकारी लिनुभएको हो ।