प्रेम, विवाह, याैनसमाचार

वैवाहिक जीवन खुसी र सुखी कसरी राख्ने ? पढ्नुहोस्

Gobal IME Bank

काठमाडौं । विवाह एक सुमधुर सम्बन्ध हो । विवाह गर्नु कुनै सजिलो कुरा भने पक्कै होइन । जीवनभर एउटै व्यक्तिसँग आफ्नो समय बिताउन कहिलेकाँही कठिन पनि हुनसक्छ तर यसलाई सहज बनाउने पनि थुर्पै तरिकाहरु हुन्छन् । यदि तपाईहरु आफ्नो श्रीमान श्रीमती सँग राम्ररी कम्युनिकेट गर्न सक्नुहुन्न र यसको लागि उपायहरु खोज्दै हुनुहुन्छ भने यी ५ उपायहरु अपनाउनाले तपाईले आफ्नो वैवाहिक जीवन खुसी र सुखका साथ बिताउन सक्नुहुन्छ । यी शुत्रहरुले तपाईको वैवाहिक जीवनमा मायालाई कायम राख्न पनि मद्दत पुर्याउनेछ ।

१) कम्युनिकेट गर्नुहोस्

कुनै पनि सम्बन्धमा कम्युनिकेसनको निकै महत्व हुन्छ । यदि तपाई सुखी वैवाहिक जीवन चाहनुहुन्छ भने तपाई र तपाईको जीवनसाथीले खुलेर प्रभावकारी रुपमा कम्युनिकेसन गर्न सक्नुपर्छ । कहिलेकाँही यस्तो समय आउँछ जहाँ तपाई एक अर्काको कुरासँग असहमत हुनुहुनेछ । यो एउटा साधारण कुरा नै हो । हामी सबैको सोच, विचार फरक फरक हुन्छ र सधैँ आफ्नो जीवनसाथीसँग मेल नखान पनि सक्छ । तर के महत्वपूर्ण हो भने तपाईहरु आफ्नो असहमतिका बारेमा कुरा गरी, कम्युनिकेट गरी, एकअर्काको भिन्नतालाई बुझी आदर गरी कम्युनिकेट गरेर सुल्झाउन सक्नुहुन्छ । सधैंजसो एकअर्कासँग बसी केही समय कुराकानी गर्नुहोस । यसले एकअर्काको मनका कुरा बुझ्न पनि मद्दत गर्छ । यस्तो गर्नाले धेरै अप्ठ्यारो स्थितिलाई पनि सजिलै पार गर्न सकिन्छ । यसले तपाईको वैवाहिक जीवनलाई बलियो बनाउन सहयोग पुर्याउँछ ।

२) एक-अर्कालाई कहिले पनि हल्कासित (Granted) नलिनुस् र (Value) गर्नुहोस्

यदि तपाईको विवाह भइसकेको छ भने पनि कहिले पनि आफ्नो जीवनसाथीलाई हल्कासित नलिनुहोस् । सधैं उनीहरुलाई सम्मान गर्नुहोस र खुसी राख्ने प्रयास गर्नुहोस् । यसका लागि एकअर्काको प्रशंशा गर्नुहोस्, एकअर्काको कदर गर्नुहोस, उनीहरुलाई खुसी लाग्ने कुराहरु गर्नुहोस्, केही समय क्वालिटि टाईम स्पेन्ड गर्नुहोस् । यसरी तपाईले आफ्नो जीवनसाथीको धेरै सम्मान गर्ने र कदर गर्ने कुरा प्रष्ट हुन्छ ।

३) सम्झौता (Compromise) गर्न सिक्नुहोस्

कुनै पनि सम्बन्धमा सम्झौता गर्न सक्ने क्षमता हामीमा हुनुपर्छ र वैवाहिक जीवनमा त झन् यो ज्यादै नै महत्वपूर्ण हुन्छ । तपाई र तपाईको जीवनसाथी बिच विभिन्न कुरामा पक्कै नै भिन्नता र असहमति हुन्छ । त्यसैले सधैं बिचको मार्ग रोज्नुपर्ने हुनसक्छ । यदि तपाई कहिले पनि सम्झौता गर्ने कोसिस गर्नुहुन्न भने सधैं टेनसन र झगडा हुने सम्भावना बढ्न सक्छ । यसको मतलब तपाई मात्रै संधै सम्झौता गर्नुस भन्ने होइन । यदि केही कुरा गर्न वा मान्न अनकम्फर्टेबल हुनुहुन्छ भने आफ्नो कुरा राख्नुहोस तर आफ्नो जीवनसाथीको दृष्टिकोण सुन्न चाँहि कहिले नभुल्नुहोस् । एक अर्काको कुरा सुनी, बुझी एउटा गिभ एण्ड टेकको रिलेसन मेन्टेन गर्नुहोस् ।

४) एक-अर्काको लागि समय निकाल्नुहोस्

विवाह पछि तपाईलाई घरको, अफिसको कामकाज र छोराछोरीलाई धेरै समय खर्चिनु पर्ने हुन्छ । तर तपाई सुखी र खुसी वैवाहिक जीवन चाहनुहुन्छ भने एकअर्काको लागि समय निकाल्ने प्रयास गर्नुहोस् । समय भएसम्म हप्तामा एकदिन बाहिर गई अथवा घरमै बसेर एक अर्कासँग कुराकानी गर्नुहोस् । यसले वैवाहिक जीवनमा स्पार्क ल्याउँछ । सफल र सुखी वैवाहिक जीवनका लागि यो निकै नै महत्वपूर्ण हुन्छ । त्यसैले टिभी, फोन बन्द गरी आफ्नो जीवनसाथीलाई टाइम दिनुहोस् ।

५) रोमान्स जीवित राख्नुहोस्

आफ्नो वैवाहिक जीवनमा रोमान्स जीवित राख्न एकअर्कासँग कुराकानी गर्नुहोस् र आफ्ना इच्छा,चाहनाका बारेमा बताउनुहोस् र तपाईको जीवनसाथीको कुरा पनि सुन्नुहोस् । एकअर्काको लागि समय निकाल्ने प्रयास गर्नुहोस् । कहिलेकाँही आफ्नो जीवनसाथीलाई सानो उपहार अथवा सर्प्राइज दिनुहोस् । तपाईको झगडा र असहमतिलाई राम्रो ढङ्गमा सुल्झाउनुहोस् । हरेक वैवाहिक जोडीमा झगडा हुन्छ तर यसलाई सुल्झाउने सक्दो प्रयास गर्नुहोस् ।

सुखी र खुसी वैवाहिक जीवन पाउन कहिलेकाँही कठिन हुन्छ तर सही ढङ्गले प्रयास गरेमा यो सफल हुन्छ । यस्ता विभिन्न उपायहरुले तपाईको वैवाहिक जीवन सुखमय बनाउन मद्दत गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button