मुख्य समाचारशिक्षा स्वास्थसमाचार

नयाँ ओमिक्रोन सबभेरियन्ट एक्स बिबि १.१६, कस्ता लक्षणहरु देखिन्छन् ?

Gobal IME Bank
file photo

एजेन्सी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका कारणले कोरोना भाइरस सङ्क्रमण बढिरहेको जनाएको छ । छिमेकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबिबि १.१६ देखिएकोले नेपालमा सङ्क्रमण बढिरहेको जनाएका छ।

सङ्क्रमण बढिरहेकाले रोकथाम र नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका निभाउन आग्रह गरिएको छ। स्वास्थ्य मन्त्रालयले रोकथाम र नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्न आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालय अनुसार यही चैत महिनामा २४ वटा नमुना परीक्षण गरिएकोमा २४ वटैमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ मा हुने अणुवांशिक परिवर्तनको पहिचान राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको हो । सोअनुसार ओमिक्रोन विए १.१ दुई वटा, ओमिक्रोन विए दुई, ओमिक्रोन विए २.७६ एउटा, ओमिक्रोन विए ५ दुई वटा भेरियन्ट फेला परेका छन् ।

जीन सिक्वेनसिंग गर्दा ओमिक्रोन भेरियन्ट १७ स्वरुपमा (सब–भेरियन्ट) देखा परेको थियो । दर्जनभन्दा बढी स्वरुपमा देखा परेको ओमिक्रोन खासगरी जनस्वास्थका मापदण्ड पालना गर्न छोड्दै गर्दा बढ्ने अनुमान गरिएको छ ।

अहिले कोभिड संक्रमितको संख्या दुई अंकमा उक्लिएको देखिन्छ । यो सँगै लक्षणसहितका बिरामीहरु पनि देखिन सुरु भएको देखिन्छ ।

यी विभिन्न स्वरुपमा (सब–भेरियन्ट) एक्सबीबी.१.१६ सबैभन्दा बढी संक्रमितमा देखिएको छ । हाल भारतमा संक्रमितको संख्या बढाउनुमा पनि ओमिक्रोनको यहि सब–भेरियन्ट कारक मानिएको छ तर, यही समयमा मौसमी फ्लू पनि देखिदा बिरामीहरु कोभिड—१९ हो कि फ्लू भाइरस भन्ने कुरामा अलमलमा परेको देखिन्छ । यी दुई भाइरसको सर्ने तरिका र लक्षण एक अर्कासँग मिल्दो जुल्दो देखिएपनि उपचार र परामर्श भने फरक हुन्छ ।

कोभिड–१९ सब भेरियन्ट एक्सबीबी १.१६ कस्ता लक्षणहरु देखिएका छन् ?

१. जाडो महसुस हुनु
२. स्वाद वा गन्ध थाहा नपाउनु
३. टाउको वा शरीर, ढाड असाध्य दुख्नु
४. थकान महसुस हुनु
५. सुख्खा खोकी लाग्नु

यी लक्षणहरु हाल नेपालमा देखा परेका ओमिक्रोनको नयाँ भाइरस संक्रमितमा देखिदैं आइरहेको भएतापनि प्रयोगशाला परिक्षणपछि मात्र निश्चित निदान गर्न सकिनेछ।

ओमिक्रोन विए ५.२ दुई, ओमिक्रोन एक्सविवि १.१६ दश वटा, ओमिक्रोन एक्सविवि १.५ तीन वटा, ओमिक्रोन एक्सविवि २.६ एउटा र ओमिक्रोन एक्सविएफ एउटा फेला परेका छन् । कोभिड–१९ महामारी अझ पनि पूर्णरूपमा नियन्त्रणमा आइसकेको छैन । खोप, जनस्वास्थ्यका मापदण्डलगायत बहुक्षेत्रीय संयन्त्रको संयुक्त सहकार्यबाट यसको रोकथाम, नियन्त्रण तथा उपचारले जटिलता हुनबाट जोगाउनु पर्ने अवस्था रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button