शिक्षा स्वास्थसमाचार

‘समाजसेवामा फाइदा लिने मानिसको काम हुँदैन’,मन्त्री मोहनबहादुर बस्नेत 

Gobal IME Bank

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजना गरिएको ५८औँ रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने,’ ‘समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन ।’

उनले जनसेवा गर्ने संकल्प लिएकाहरु मानिसहरु मात्रै समाजसेवामा राम्रो हुने बताए । मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण भएको बताए ।

‘जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै यो क्षेत्रमा ठिक हुने, उनले भने, ‘त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अफ्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ ।’

उनले देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपुर्ण हुने बताए । बस्नेतले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने पनि बताए ।

उनले भने, ‘यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’

मन्त्री बस्नेतले काम जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढि रहेको पाइएको पनि बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button