शिक्षा स्वास्थसमाचार

कस्तो खाना शरीरका लागि पोषणयुक्त ?

Healty Foods

Gobal IME Bank

नेपालीहरु चिल्लो पिरो अमिलो र बोसोयुक्त खानेकुराहरु बढी मन पराउछन्। तर यि खानाहरुको मात्रा नमिलाई खाँदा शरीरलाई हानी हुन्छ ।यस्ता खानेकुरासँग हरियो सागपात र ताजाफलफूल पनि सन्तुलित रुपमा खाने गर्नु पर्छ । तर बढी चिल्लो अमिलो र पिरो खानेकुरा नखाँदा नै शरिरको लागि लाभदायक हुन्छ ।

चिल्लो अमिलो पिरो खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुने लगायतका समस्या हुनसक्छ । यस्तो खानेकुराहरु कोलेस्टेरोल बढाउने र बोसोको मात्रा बढी हुन्छ । जसका कारण अपच हुने, कब्जियत हुने फुड प्वाइजनिगं जस्ता समस्याहरु देखा पर्छन् ।

प्रायः हाम्रो भान्सामा मसलेदार परिकारले प्राथमिकता पाउँछ । त्यस्ता परिकार बनाउँदा घरमै तयार गरिएको ताजा जिरा, धनियाँ, लसुन, प्याज लगायतका मसला प्रयोग गर्दा त्यति असर गर्दैन् । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न सकिदैन । तिनीहरुले शरीरमा बिषको काम गर्छन् । त्यसैले घरमै तयार गरेको मसला खानु फाइदाजनक मानिन्छ ।

फुडप्वाइजनिगंको मुख्य कारण दूषित पानी हो । त्यसैले पानी उमालेर मात्र पिउनुपर्छ । त्यसका साथै काँचोमासु तथा खानेकुराले पनि फुडप्वाइजनिगं गराउन सक्छ ।

माछामासु खाँदा मानिसले विशेष ध्यान दिनुपर्छ । सधै ताजामासु मात्र खानुपर्छ । बासी मासु खानै पर्ने अवस्था आयो भने अलिकति बढी तेल र मसला राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ र पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षीत साथ राखेर खानुपर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button