मनोरञ्जनसमाचार

हिमालय रोडिज सिजन-५ आजदेखि प्रसारण

Himalaya Rodies

Gobal IME Bank

काठमाडौँ। आजदेखि हिमालय रोडिज सिजन–५ को प्रसारण सुरु हुँदैछ । दर्शकले हिमालय टिभी एचडीमा राति ८ बजेदेखि यो रियालिटी शोको नयाँ श्रृंखला हेर्न सक्नेछन् ।

‘पावर अफ फाइभ’को थिममा निर्माण भएको यसपटकको रोडिजको होस्ट सुरज सिंह ठकुरी हुन् । शोमा प्रियंका कार्की ग्याङ लिडरको रुपमा जोडिएकी छन् । र्‍यापर आशिष राना लाउरे, अभिनेता अनुपविक्रम शाही र अभिनेत्री दीया मास्के ग्याङ लिडरको रुपमा छन् ।

शोका निर्देशक सिमोस सुनुवारले सिजन ५ मा कार्यक्रमको संरचनामा केही परिवर्तन गरी पाँच जना ग्याङ लिडरको टिमबीच रोचक प्रतिस्पर्धा गराइएको जानकारी दिए। उनका अनुसार यसपटकको संस्करणमा अघिल्लाभन्दा भिन्न किसिमका टास्कमा प्रतिस्पर्धा गराइनेछ । ‘दर्शकले नयाँ टास्क र संरचनामा यसपटक रोडिज देख्न पाउनुहुनेछ,’ सुनुवारले भने, ‘स्वभाविक रुपमा अघिल्ला सिजन भन्दा यसपटक रोडिज भिन्न हुनेछ । रोडिजको निर्देशन मैले भन्दा अर्कोले राम्रो गर्न सक्छ जस्तो लाग्दैन ।’

हरेक सिजनलाई अघिल्लोभन्दा राम्रो बनाउनुपर्ने चुनौती रहेको र रोडिजका अघिल्ला श्रृंखलाभन्दा यसमा ‘एक्स्ट्रिम टास्क’ समावेश हुने उनले बताए । डिजिटल अडिसनमा चार हजार ४०० र फिजिकल अडिसनमा एक हजार ११६ जना सहभागी भएका थिए । एमटीभी इन्डियाको फर्म्याटमा आधारित भएर हिमालय रोडिजल २०७५ सालदेखि नेपालमा प्रसारण हुन थालेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button