समाचार

विवाह अगाडि ३ महिने तालिम लिनुपर्ने

Gobal IME Bank

विश्वमै कहिँ पनि विवाह अगाडि विवाहको लागि पुर्व तयारिको रुपमा कुनै तालिम या पाठ्यक्रम पढाउने चलन या नियम छैन । यो खबर सुन्दा अचम्म लाग्न सक्छ तर इण्डोनेसियन सरकारले भने विवाह गर्नु अघि अनिवार्य तिन महिने विवाह पुर्वको तालिम लिने पर्ने नियम लागु गर्न लागेको छ ।
इन्डोनेसियाका विवाह गर्न चाहने जोडीहरूले विवाह गर्नु अघि अविवाहितको लागि पढाइने कक्षामा भर्ना हुनुपर्नेछ किनकि सरकारले नव दम्पतीलाई सुखी खुशी परिवार बसाल्नको लागि तयार पारिएको नयाँ नियमको लागु गर्ने वाला छ ।
इन्डोनेसियाका मानव विकास तथा संस्कृति मन्त्री मुहादजिर ईफेन्डीका अनुसार यो कार्यक्रम आगामी वर्ष २०२० देखि प्री-वेडिङ कोर्स अर्थात् विवाहपूर्व तयारि पाठ्यक्रम निःशुल्क रुपमा सञ्चालन हुने जनाएको छ र यसले प्रजनन स्वास्थ्य र अभिभावकको भूमिकाको बारेमा आवश्यक ज्ञानका साथ विवाह गर्न खोज्ने जोडीहरुलाई अन्य विषयहरुमा ज्ञान दिनेछ ।

बिना कुनै तालिम विवाह गर्दा परिवार व्यवस्थापन कसरि गर्ने भन्ने ज्ञान नहुनाले धेरैको परिवार बिग्रिएको भन्दै यस्तो नियम लागु गर्न लागिएको स्रोतले जनाएको छ । प्रत्येक जोडीका लागि तिन महिनासम्म सञ्चालन हुने यो कार्यक्रमले दम्पतीहरूलाई प्रजनन स्वास्थ्य, परिवारमा हुन सक्ने गम्भीर बिमारीको व्यवस्थापन, र घरेलु अर्थशास्त्रको बारेमा सिकाउनेछ।

कक्षामा भर्ना भएपछि मात्र उनीहरूलाई प्रमाणपत्र दिइनेछ । प्रमाणपत्रले यो कुरा निश्चित गर्नेछ कि दम्पतीहरूलाई विवाह सम्बन्धित विषयहरूको बारेमा पर्याप्त ज्ञान छ र तव मात्र उनीहरु विवाहको लागि योग्य ठानिने छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button