अन्यसमाचार

‘अन्तर–विद्यालय फुटसल प्रतियोगिता’ हुँदै -GoodNews24

Gobal IME Bank

काठमाडाैँ । निजी तथा आवासीय विद्यालय सङ्गठन काठमाडौँ (प्याब्सन) ले विद्यार्थीमा रहेका अन्तरनिहित प्रतिभालाई उजार गर्ने उद्देश्यले ‘अन्तर–विद्यालय फुटसल प्रतियोगिता’ गर्ने भएको छ ।

प्याब्सनले यहाँ आज पत्रकार सम्मेलन गरी ‘विकास, अनुशासन र गतिशीलता खेलाडीको पहिचान’, ‘राष्ट्रको लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता गर्न लागेको जनाएको हो । लुम्बिनी एकेडेमीको मुख्य प्रायोजन रहेको सो प्रतियोगिता यही माघ २२, २३ र २४ गते लुम्बिनी फुटसल ग्राउन्ड चुच्चेपाटीमा हुनेछ ।

प्रतियोगितामा काठमाडौँ उपत्यकाका ६४ वटा विद्यालयले भाग लिनेछन । प्याब्सनका अध्यक्ष गेन्द्र लामाले प्रतियोगितामार्फत विद्यालयहरुबीच भाइचाराको सम्बन्ध पनि स्थापित गर्नुका साथै देशका लागि उत्कृष्ट खेलाडी जन्माउने उद्देश्य रहेको जानकारी दिनुभयो । उहाँले छात्र मात्रै नभएर छात्रालाई खेलकूदको क्षेत्रमा अब्बल बनाउने उद्देश्यका साथ काम गर्दैै आएको बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १० हजार, ८ हजार, सात हजार र पाँच हजार नगदका साथमा आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिने छ । त्यस्तै क्वाटरफाइनलपछिका खेलहरुमा ‘म्यान अफ द म्याच’ छनौट गरी ट्रफी प्रदान गर्ने पनि आयोजक संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button