मनोरञ्जनमुख्य समाचारसमाचार

फेसबुकको रङ किन नीलो राखियो ? इन्टरनेटको बारेमा सुन्दै अचम्म लाग्ने तथ्यहरु…

Gobal IME Bank

एजेन्सी । इन्टरनेट अहिले हाम्रो दैनिक जीवनको अत्यावश्यक हिस्सा बनिसकेको छ । इन्टरनेट मार्फत नै हामी धेरै जसो काम गर्दछौं । यसको प्रयोग सकारात्मक रुपमा भएको र नकारात्मक रुपमा पनि हुने गरेको पाइन्छ ।

टेक्नोलोजिको विकास सँगै मानिसहरुमा निकै पपुलर भएको छ सोसल मिडिया । आफ्नो नजिकको मान्छे सँग कुराकानी गर्न निकै सहज बनाइदिएको छ । यी सोसल मिडियाको बारेमा पनि निकै रोचक लाग्ने तथ्यहरु छन्

१. पहिलो ब्राउजर: संसारको पहिलो ब्राउजर ‘वल्र्ड वाइड वेब’ हो । टिम बर्नर्स लीले सन् १९९० मा वल्र्ड वाइड वेब नामबाट इन्टरनेट ब्राउजरको विकास गर्नु भएको थियो, जसलाई अहिले ‘नेक्सस’ भनेर पनि चिनिन्छ । त्यति बेला इन्टरनेटमा यो एक मात्र वेब ब्राउजर थियो ।

२. गुगोल बिग्रिएर गुगल: गुगलको नाम पहिले गुगल थिएन । गुगोल नामबाट पछि यसको नाम गुगल रहन गएको हो ।

३. फेसबुकको रङ नीलो हुनुका कारण: मेटाका मालिक मार्क जुकरबर्गले आफ्नो आँखाको समस्याका कारण फेसुबकको रङ निलो रहन गएको हो । मार्क जुकरबर्गलाई ‘कलर ब्लाइन्डनेस’ को समस्या छ । उनी रातो र हरियो रङ राम्रोसँग छुटाउन सक्दैनन्, त्यसैले उनले फेसबुकको रङ नीलो बनाएका हुन् ।

४. इमेल ठेगाना एड्रेसमा २ सिम्बोल: इमेल एड्रेसमा २ सिम्बोल हुनुको पछाडि निकै रोचक प्रसङ्ग छ । इमेलको सुरुवातको समयमा २ सिम्बोल निकै कम प्रयोग हुने सिम्बोल भएकाले यसको प्रयोग बढाउन हरेक इमेल एड्रेसमा यसको प्रयोग अनिवार्य गरिएको हो ।

५. डोमेन दर्ता निःशुल्क: डोमेन दर्ता गराउन एक हजार रुपियाँदेखि सो भन्दा माथि शुल्क लाग्छ । अहिले निःशुःक डोमेन प्रयोग गर्न सकिँदैन, नेपालमा डट एनपीबाहेक अरू डोमेन किन्नु पर्छ । यस्ता दिन पनि थिए जब डोमेन निःशुल्क दर्ता गर्न पाइन्थ्यो तर सन् १९९५ देखि डोमेन दर्ता शुल्क लिन थालियो ।

६. वाईफाईको अर्थ: वाईफाई शब्द धेरैलाई (वायरलेस फाइडलिटी) को छोटो हो भन्ने लाग्न सक्छ । वास्तवमा वाईफाई कुनै शब्दको छोटो रूप भने होइन । सन् १९९७ मा आम उपभोक्ता माझ प्रयोगमा ल्याइएको वाईफाई प्रविधिको पुरानो नाम (आइ इ इ इ ८०२) थियो । यो नाम निकै अप्ठ्यारो भएपछि हाईफाई भन्ने शब्दसँग वाईफाई मिल्ने भएकाले सम्झन सहज हुने भएकाले यसको नाम वाईफाई राखिएको थियो ।

७. अमेजनको पुरानो नाम: विश्व प्रसिद्ध ई–कमर्स कम्पनी अमेजनका रूपमा चर्चित कम्पनीको पुरानो नाम ‘काडाब्रा’ थियो । यो नाम जादुमा प्रयोग हुने ‘आब्राकाडाब्रा’ शब्दबाट प्रेरित भएर राखिएको थियो । यस शब्दको अगाडिको भाग आब्रालाई छोडेर पछाडिको काडाब्रा भनेर राखिएको नाम थियो । जेफ बेजोसले पछि वकिलको सल्लाहमा कम्पनीको नाम परिवर्तन गरेर अमेजन राखेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button