अन्यमुख्य समाचारसमाचार

आइफोनको ब्याट्री टिकाउन अपनाउहोस् यी तरिकाहरु…

Gobal IME Bank

एजेन्सी । आइफोनमा यस्ता फिचरहरु छन्, जसको प्रयोगले फोन धेरै समय सम्म टिक्छ । तर यस्ता फिचरको बारेमा धेरैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले त फोन टिक्ने नटिक्ने कुरा ब्याट्रीको अवस्थामा भर पर्छ ।

ब्याट्री जोगाउनका लागि केही सामान्य प्रक्रिया जस्तै फोनलाई डार्क मोडमा राख्नु, लोकेसन सेवा बन्द गर्ने आदि हुन् । ब्याट्रीको सुरक्षा गर्दा फोन टिकाउ हुन्छ र आफ्नो पैसाको बचत र विभिन्न झन्झटबाट पनि जोगिन सकिन्छ ।

१)अटो ब्राइटनेस फिचरः

आइफोनको ब्याट्री जोगाउने महत्त्वपूर्ण तरिका हो अटो ब्राइटनेस फिचर । यो फिचरले मोबाइलमा आवश्यक प्राकृतिक प्रकाशको आधारमा फोनको ब्राइटनेसलाई स्वत आफै बढाउने र घटाउने काम गर्छ ।

आइफोनमा ‘अटो ब्राइटनेस’ फिचर इनेबल गर्न मोबाइलको सेटिङमा गएर एक्सेसिबिलिटी फिचरमा ट्याप गर्नुहोस् । त्यसपछि ‘डिस्प्ले एन्ड टेक्स्ट’ साइजमा ट्याप गरेर अटो ब्राइटनेस फिचरमा ट्याप गर्नुहोस् ।

२) हाई इफिसियन्सी फोटो फर्म्याटः

हाई इफिसियन्सी फोटो फर्म्याटले फोटो र भिडिओको फाइल साइज ५० प्रतिशतसम्म घटाएर ब्याट्री जोगाउन मद्दत गर्छ । यो फिचरले फोटो र भिडिओ लोड हुने लाग्ने समयलाई कम गर्छ जसको कारण फोनले ब्याट्री कम खपत गर्छ ।

यो फिचर इनेबल गर्न मोबाइलको सेटिङमा गएर क्यामेरामा ट्याप गर्नुहोस् । यसपछि फर्म्याटमा ट्याप गरेर हाई इफिसियन्सी फिचरमा ट्याप गर्नुहोस् ।

३) ब्याट्री अप्टिमाइजेसनः

आफ्नो फोनलाई ओभरचार्ज हुनबाट जोगाउन ‘ब्याट्री अप्टिमाइजेसन’ फिचर प्रयोग गर्न सकिन्छ । कहिलेकाहीँ हामीले फोन चार्जमा नै राखेर सुत्ने वा चार्ज भइ सके पछि अनप्लग गर्न बिर्सिएको खण्डमा यो फिचरले ब्याट्रीलाई ओभरचार्ज भएर तातो हुनबाट जोगाउँछ ।

तर यो फिचर आईओएस १३ भन्दा माथि अपडेट भएको आईफोनमा मात्र प्रयोग गर्न सकिन्छ ।

यसका लागि आफ्नो मोबाइलको सेटिङमा जानुहोस् र ब्याट्री अप्सनमा ट्याप गर्नुहोस् । यसपछि ब्याट्री हेल्थ एन्ड चार्जिङु फिचरमा ट्याप गर्नुहोस् र अप्टिमाइज्ड ब्याट्री चार्जिङ अप्सनमा ट्याप गर्नुहोस् ।

४) लो-पावर मोडः

कहिलेकाहीँ कतै यात्रा गर्दा अथवा अन्य समयमा फोनमा ब्याट्री दिनभर टिकाउन ‘लो पावर’ मोडमा राखेर पनि फोन प्रयोग गर्न सकिन्छ । यस‍ले फोनमा आउने विभिन्न नोटिफिकेसनहरूलाई बन्द गर्छ, जसले मोबाइलको ब्याट्री खपत कम हुन्छ ।

यो फिचर प्रयोग गर्न मोबाइलको सेटिङमा गएर ब्याट्रीमा ट्याप गरेर लो-पावर मोड फिचर इनेबल गर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button