स्याङ्जा । फेदीखोला गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई )मा सहभागी हुन परीक्षा केन्द्र नजिक बसेका विद्यार्थीलाई घरघर पुर्यादिन शुरु गरेको छ ।
यसका लागि सो गाउँपालिकाले आज विहानदेखि निः शुल्क बस सेवा सञ्चालन गरी विद्यार्थीलाई घरघर पुर्याइदिन थालेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।
कोभिड–१९को जोखिमलाई ध्यादिँदै सरकारले बुधबार साँझ आजदेखि शुरु हुने भनिएको सो परीक्षा स्थगन गर्ने निर्णय गरेको थियो । फेदीखोला र खड्केटारी बजारमा बसेका फेदीखोला गाउँपालिका–५ बागे मैदान मावि र ४ गलेम शीतला माविका विद्यार्थीलाई आज बिहानदेखि घर पुर्याउन यातायातको व्यवस्था गरिएको उहाँले बताउनुभयो । यसपटकको सो परीक्षामा देशभर कूल चार लाख ८२ हजार ७०७ विद्याथी सहभागी हुने जनाइएको थियो ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”2573″]
[irp posts=”4224″]
[irp posts=”2714″]
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”3875″]
[irp posts=”3930″]
[irp posts=”2617″]
[irp posts=”4080″]
[irp posts=”4103″]