Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

जनकपुरधाम सखी बहिनाद्वारा लोक संस्कृति कार्यक्रम आयोजना-GoodNews24

मैथिल लोक संस्कृतिका विविध पक्षलाई प्रकाशमा ल्याई संस्कृतिको हस्तान्तरणमा योगदान पुर्याउने उद्देश्यले हिजो यहाँ भर्चुअल लोक संस्कृति कार्यक्रमको आयोजना गरियो । सखी बहिना समूहको स्थापना दिवसका अवसरमा सो समूहद्वारा आयोजित सो कार्यक्रममा लोपोन्मुख चक्रबाट गुज्रिरहेको विधि व्यवहार, संस्कारप्रति ध्यानाकर्षण गराइएको थियो ।

आफ्नो संस्कारप्रतिको संवेदनामा कमी र अन्य संस्कृतिलाई अनुसरण गर्ने होडबाजीले मौलिक पक्षलाई बिर्सिंदै जानुले संरचनामा नै प्रश्नचिह्न लागेको र परिणामतः लोप हुने स्थिति देखिएको अवस्थालाई लोक संस्कृति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

मैथिल संस्कृति अन्तर्गत जन्म, पमरिया, मुण्डन, व्रतबन्ध, गोदना लगायतका गीत समृद्ध भए पनि यी गाउँघरमा बस्ने जनजीवनमा मात्र जीवित देखिएकाले शहर क्षेत्रमा पनि सम्बद्र्धन गर्दे संस्कृतिको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको सन्देश कार्यक्रमबाट दिइएको थियो ।

सो अवसरमा कलाकार अविनाश झा, इसिका भुजेल र पिपही राउतले पमरिया, गोदना, रोदन क्रिया प्रस्तुत गरी संस्कृतिको मोह, संस्कार र विधि व्यवहारप्रति आसक्ति कायमै रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

जनकपुरधाम सखी बहिनाका प्रमुख अरूणा मिश्रले मिथिलाको लोकजीवन तथाकथित आधुनिकताको चपेटामा परी बाटो बिराउन थालेकोप्रति सजग हुनु जरूरी छ भन्नुभयो । कवयित्री एवं सखी बहिनाका सदस्य पूनम झा, मैथिल सदस्यहरू सुनिता मिश्र र सङ्गीता मिश्रले मैथिलले मौलिकरूपमा पुर्खाबाट ग्रहण गरिएका संस्कारप्रति विचलन देखा पर्नु चिन्ताको विषय भएको बताउनुभयो ।

कार्यक्रम संयोजक भारती चौधरीले मानवीय जीवनमा आफ्नो गौरवशाली अतीतप्रतिको संवेदनशून्यताले रूखोपना ल्याइदिएकाले आहारविहार, संस्कार शिष्टाचार, परिधान, साज, शृङ्गार, भाषा भङ्गिमालाई बाह्य आवरणबाट मुक्त गर्नु जरूरी छ भन्नुभयो ।

कार्यक्रममा सङ्गीता देव, पूनम मिश्र, नीलम झा, सुशीला चौधरी, ज्योति झा, सीमा चौधरी, नीलम मिश्र र पूनम झाले मैथिल र भारती चौधरीले मैथिल संस्कार र विधि व्यवहारका गीत प्रस्तुत गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button