मुख्य समाचारसमाचार
झापामा ५ मा ओलीको अग्रता दोब्बर
गौरादह । झापा निर्वाचन क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा तर्फको मतगणना भईरहेको छ । दमक नगरपालिकामा मतगणना हुँदै छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौरीगञ्जका मतदान केन्द्रबाट मत गन्न शुरु गरिएको हो ।
नेकपा (एमाल) का अध्यक्ष केपी शर्मा ओली अग्रस्थानमा हुनुहुन्छ । अध्यक्ष ओलीले हालसम्म ४ हजार १ सय ८१ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले भने २ हजार १९ मत प्राप्त गर्नुभएको छ । मतगणना जारी छ ।