गुड न्यूज 24समाचार

आचरणका विषयमा नगर प्रहरीलाई ब्रिफिङ् गरिदै

Kathmandu Metro Police

Gobal IME Bank

काठमाडौँ। आदेशको श्रृङ्खला र आचरणका विषयमा नगर प्रहरीलाई व्रिफिङ् गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरुसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेको कारण महानगर प्रहरी बलले निर्देशनात्मक व्रिफिङ् गरेको हो । यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरुलाई राष्ट्रिय सभा गृहमा भेला गराईएको थियो ।

व्रिफिङ्का क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सहरी सुव्यवस्थाका लागि नगर प्रहरीले गरेका काम र आचरणलाई नागरिकले नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारवाही गरेको जस्ता विषयमा गुनासा आएका कारण सामान पोखिने गरी कारवाही नगर्न ,नागरिकसँग आदरार्थी शव्दको प्रयोग गरेर बोल्न निर्देशन दिएका छन् ।

कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेशको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी भएकोले यसलाई पालना गर्न पाण्डेले निर्देशन दिएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button