मुख्य समाचारशिक्षा स्वास्थसमाचारसूचना प्रविधि

सबै व्यक्ति हाम्रा लागि राम्रो मनसाय भएका हुँदैनन्

Facebook Friend!

Gobal IME Bank

काठमाडौं । आजको डिजिटल युगमा सामाजिक सञ्जालका प्लेटफर्महरू हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । साथी, परिवार, आफन्तजन तथा परिचितहरूसँग जोडिनका लागि मात्र होइन, सूचना र मनोरञ्जनका लागि पनि सामाजिक सञ्जालको प्रयोग बढि रहेको छ । यसमध्ये फेसबुक सर्वाधिक लोकप्रिय प्लेटफर्म हो ।

फेसबुक मार्फत हामी हजारौं व्यक्तिसँग एकैपटक जोडिन सक्छौ तर ति सबै व्यक्ति हाम्रा लागि राम्रो मनसाय भएका हुँदैनन् । आफूले नचिनेको व्यक्ति वा अकाउन्टसँग जोडिँदा गलत सूचना मात्रै होइन, आफ्नो सुरक्षा र गोपनीयता समेत गुमाउने जोखिम हुन्छ । यति मात्रै नभई, हामी गम्भीर किसिमका सामाजिक र विद्दयुतीय अपराध अथवा साइबर बुलिङ्गको शिकार हुन सक्छौ । यसकारण डिजिटल युगमा आफूलाई सुरक्षित राख्ने पहिलो कर्तव्य हाम्रो हो ।

फेसबुक अकाउन्टमा कस्ता व्यक्तिलाई साथीका रूपमा राख्ने र कस्तालाई नराख्ने  ?

1) परिचित व्यक्तिसँग जोडिनुहोस्:
व्यक्तिगत रूपमा चिनजान भएको र विश्वास लाग्ने किसिमको व्यक्तिहरूसँग मात्र फेसबुकमा जोडिने गर्नुपर्छ, जस्तै नजिकका साथीहरू, परिवारका सदस्यहरू, आफन्तजनहरु वा सहकर्मीहरू । यी व्यक्तिहरूलाई हामी अनलाइनमा बाहेक व्यक्तिगत रूपमा चिन्ने कारण उनीहरुसँग फेसबुकमा जोडिन सकिन्छ। फेसबुकमा धेरै फ्रेन्ड बनाउने चक्करमा कहिल्यै नलाग्नुहोस् । नचिनेको व्यक्तिहरूलाई सञ्जालमा नजोड्नुहोस् । नचिनेको वा रहस्यमयी अकाउन्टबाट सधैं टाढा रहँदा हाम्रो लागि राम्रो हुन्छ ।

2) आधिकारिक अकाउन्ट पहिचान गर्ने:
फेसबुकमा भएका सबै अकाउन्ट आधिकारिक व्यक्ती, कम्पनी वा संस्थाको हुँदैन । चिनेकै व्यक्तिको नाम र फोटो दुरुपयोग गरेर अन्यले अकाउन्ट बनाउन सक्छन् । तसर्थ उक्त अकाउन्टमा पोस्ट हुने सामग्री, म्युचुअल फ्रेन्ड आदि हेरेर मात्र फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गर्ने निर्णय लिनुहोस् । नाम चलेका व्यक्ति र कम्पनीहरूले आफ्नो अकाउन्ट भेरिफाइड गराएका हुन्छन् । त्यस्ता अकाउन्टमा निलो चेकमार्क ९भेरिफाइड ब्याज० हुन्छ । भेरिफाइड अकाउन्टमा जोडिँदा ठगी वा गलत सूचना फैलने जोखिम कम हुन्छ । अर्कोतर्फ भेरिफाइड ब्याज नभएका अकाउन्टहरूसँग जोडिनै परे आवश्यक कुरा अध्ययन गरेर मात्रै पहिचान गरेर मात्र जोडिने गर्नु पर्छ । व्यक्ति वा संस्थाको वास्तविक फोटो, कन्ट्याक्ट डिटेल्स, पोस्ट भएका सामग्रीहरू, अन्य सामाजिक सञ्जालमा उसको उपस्थिति, प्रयोगकर्ताहरूको विश्वास आदि हेरेर निर्णय लिने गर्नुपर्छ ।

3) सकारात्मक सोच भएका व्यक्तिलाई प्राथमिकता दिने:
सकारात्मक सोच भएका व्यक्तिसँग जोडिने र संवाद गर्ने प्रयास गर्नुहोस् । यसले गर्दा  ऊर्जा प्राप्त गर्न सकिन्छ । फेसबुकमा अहिले अरुको बारेमा गाली गर्ने, आलोचना गर्ने मानिसहरू धेरै नै भेटिन्छन् । यसबाट नकारात्मक सोच पैदा हुनसक्छ । यसकारण चिनेकै मानिसहरू पनि अरुलाई गाली गरिरहन्छन्, विवेक र धैर्य राख्दैनन् भने उनीहरूलाई वास्ता गर्नु हुदैन ।

4) अनलाइन सुरक्षासँग सचेत व्यक्तिहरूसँग जोडिनुहोस्:
अनलाइन सुरक्षाको बारेमा सचेत व्यक्तिहरूलाई आफ्नो फेसबुक अकाउन्टमा जाडिन  दिनुहोस् । फेसबुकमा उसका गतिविधि सुरक्षित र लाभदायी छन् या छैनन् चेक गर्ने बानि बसाल्ने । प्राइभेसी सेटिङहरू मिलाउने र व्यक्तिगत जानकारीको सुरक्षा गर्नसक्ने व्यक्तिहरूसँग मात्र फेसबुक वा अन्य सोसल मिसिडया जोडिँदा राम्रो हुन्छ । हामी आफैले पनि फेसबुकको सुरक्षा प्रणाली अपनाउने गर्नु पर्छ ताकि गलत मनसाय भएका व्यक्ति हाम्रो फेसबुकमा नजोडिउन्।

अनलाइन सुरक्षाको ज्ञान र जागरुकताबारे कुराकानी गर्ने मानिसहरूसँग जोडिँदा हामीले पनि धेरै कुरा सिक्न पाउँछौ । यस्ता व्यक्तिले सामाजिक सञ्जालका प्लेटफर्महरूमा सुरक्षित रहन सहयोग गर्छन् ।

5) सहयोगी अनलाइन कम्युनिटी चिन्ने:
साइबर सुरक्षा, गोपनीयता वा अनलाइन सुरक्षामा केन्द्रित फेसबुक ग्रुप वा कम्युनिटीहरूमा सामेल हुनुहोस् । तपाईंको डिजिटल सुरक्षा बढाउन जानकारी र सुझावहरू शेयर गर्ने व्यक्तिहरूसँग जोडिदा हामीले धेरै कुराहरुको लाभ लिन सक्छौ। फेसबुकमा सार्वजनिक रूपमा होस् या मेसेजमा, कहिल्यै पनि व्यक्तिगत र संवेदनशील जानकारी शेयर गर्नु हुदैन।त्यस्तै रहस्यमयी लिङ्कहरू कहिल्यै पनि क्लिक गर्नु हुदैन । यदि फेसबुकमा  कसैले यस्ता रहस्यमयी लिंकहरू पठाएका छन् भने उनीहरूलाई साथीको सूचीबाट हटाई दिने अर्कोतर्फ नियमित रूपमा आफ्नो प्राइभेसी सेटिङहरू रिभ्यु र अपडेट गरिराख्ने।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button