शिक्षा स्वास्थ

महिलाहरुको रोजाइमा आधुनिक प्रविधिबाट गरिने हाइड्रा फेसियल

Gobal IME Bank

एजेन्सी । अनुहारको छालालाई चम्किलो र सुन्दर बनाउन फेसियल गर्ने गरिन्छ। विशेषगरी फेसियल ब्यूटी पार्लरमा गरिन्छ तर छालाको प्रकार अनुसार र छालाको समस्या अनुसार स्किन क्लिनिङको लागि फेसियल गर्ने गरिन्छ। पछिल्लो समय हाइड्रा फेसियल धेरै महिलाको रोजाईमा पर्न थालेको छ। प्रविधिको माध्यमबाट अनुहारको छालामा रहेको फोहोर तथा मृत छालालाई निकाली चमक ल्याउन हाइड्रा फेसियल गर्ने गरिन्छ।

हाइ्रडा फेसियल के हो र कसरी गरिन्छ ?
हाइ्रडा फेसियल अनुहारमा गरिने नयाँ प्रविधिको फेसियल हो यसले अनुहारमा रहेको फोहोर तथा मृत छालालाई निकाल्न मद्दत गर्छ र छालामा अक्सिजन र विभिन्न सिरम पनि दिने काम गर्छ । यो फेसियल गर्दा एउटा भोर्टेक्स भ्याक्यूम सक्सन टेक्नोलोजिको माध्यमबाट छालाभित्र पानी, मोइस्चराइजर वा सेरम पठाएर छालामा भएको फोहोर र नचाहिने पदार्थ निकाल्नुका साथै छालामा भएको डेड सेलहरु पनि निकाल्छ । यसले गर्ने काममा व्यक्तिको छाला र रोग अनुसार हाइड्रा फेसियल फरक फरक हुन्छ। हाइड्रा फेसियल छाला रोग विशेषज्ञहरुले गर्छन्।

हाइड्रा फेसियल कसले गर्न मिल्छ र कसले गर्न मिल्दैन ?
हाइड्रा फेसियल सबैले गर्न मिल्छ तर गर्भवती महिलाहरुले भने गर्नु हुदैन। संवेदनशील र डण्डीफोरको गम्भीरको खालको समस्या भएकाले गर्न मिल्दैन ।
हाइड्रा फेसियल महिनामा एक पटक गर्न सकिन्छ तर कसैको छालामा धेरै नै समस्या छ भने दुई हप्ताको फरकमा पनि गर्न सकिन्छ।

हाइड्रा फेसियल गरेको कति समय पछि फेसियल अनुसार यसको नतिजा देखिन थाल्छ ?
अनुहारमा चमक ल्याउन गरिएको हाइड्रा फेसियलको तुरुन्तै प्रभाव देखिन्छ। छालाको समस्या हेरेर हाइड्रा फेसियल गरिने भएकाले यो फेसियल गर्दा खासै असर गर्दैन। फेसियल गर्दा यदी पिलिङ गरिएको छ भने सिधै घामको सम्पर्कमा जानु हुँदैन। हाइड्रा फेसियल गरिसकेपछि छाला अनुसार हेरचाहका लागि चिकित्सकहरुले सुझाव दिने गर्छन् ।

हाइड्रा फेसियल एउटा नयाँ प्रविधि भएकाले यो छालाको लागि लाभदायक हुन्छ । धूवाँ, धूलो र प्रदूषणले छालालाई धेरै असर गर्छ ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्दा फाइदानक हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button