मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्भावस्थामा व्यायाम किन जरुरी ? कहिले र कसरी गर्ने ? हेर्नुहोस्

Gobal IME Bank

एजेन्सी । मानव स्वास्थ्यका लागि शारीरिक व्यायम अति आवश्यक हुन्छ । स्वस्थ मान्छेलाई शारीरिक तन्दुरुस्ती र रोग लाग्ने सम्भावनालाई न्युन गर्न जरुरी छ । यसको महसुस गरेर आजकाल धेरै महिला पुरुष दैनिक व्यायाममा क्रियाशिल भई रहेको देखिएको छ ।

शारीरिक व्यायाम स्वस्थ, निरोगी र रोग निaयन्त्रण गर्न कस्सिएका व्यक्तिहरुका लागि मात्रै आवश्यक होइन, गर्भवतीका लागि पनि आवश्यक हुन्छ ।

यसबारे ज्यादा जानकारी नभएको कारण पनि हाम्रो समाजमा अझै पनि कतिपयले गर्भवतीलाई व्यायाम होइन आरामको चाहिन्छ भन्ने गरेका छन् । तर गर्भवती महिलालाई आराम चाहिन्छ, र व्यायाम पनि चाहिन्छ ।

व्यायामले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा लाभ हुनुका साथै नर्मल डेलिभरी र डेलिभरी हुने बेलामा अन्य जोखिम कम गर्नलाई समेत मद्धत मिल्छ ।

गर्भवतीले कहिले र कसरी गर्ने व्यायम ?

गर्भावस्थाको २० औँ हप्ता पार गरेपछि गर्भवती महिलाहरुले व्यायाम गर्न सक्छन् । गर्भवती महिलाहरुले व्यायाम ३२ हप्तासम्म गर्न सक्छन् । लगभग २८ हप्ता पुगेपछि एन्टीनेटल प्रिन्याटल कक्षा पनि लिन सकिन्छ । यसले आमा र बच्चाको स्वास्थ्यमा निकै लाभ प्रदान गर्छ ।

व्यायम किन त ?

गर्भावस्थामा व्यायामको कुरा गर्दा हाम्रो समाजमा अहिले पनि कतिपय घरका आमा हजुरआमाहरुले आफू सुत्केरी हुँदाको अनुभव सुनाउने र आफूले कुनै व्यायाम नगरी बच्चा जन्माएको बताउने गर्नुहुन्छ । तर उहाँहरुको त्यो समय र अहिलेको आधुनिक समय निकै फरक छ ।

पहिले अहिलेको जस्तो दिनभर ‘टेवल वर्क’ गर्ने चलन थिएन, हिडाई भन्दा बढी सवारी साधनको प्रयोग पनि गरिदैन थियो । त्यसबेला हाम्रा आमा हजुरआमाहरु दैनिक हिड्ने, शारीरिक परिश्रम गर्ने, उकाली ओराली गर्ने, खेती किसानी गर्ने जस्ता क्रियाकलापमा सरिक हुनुहुन्थ्यो । त्यसबेला उहाँहरुले गर्ने यहि क्रियाकलापले नै उहाँहरको शारीरिक व्यायम भइरहेको हुन्थ्यो । तर अहिले आधुनिक समयका मानिसहरुले धेरै सुविधा प्राप्त त गरेका छन् तर यसले शारीरीक व्यायाम भने हुँदैन । अहिले मानिसहरु शारीरिक क्रियाकलापमा धेरै सक्रिय हुदैनन् त्यसैले व्यायम आवश्यक छ भनिएको हो ।

शारीरिक व्यायमले गर्भवतीलाई के के कुरामा फाइदा हुन्छ ?

व्यायाम गर्दा गर्भवती महिलाको लागि फाइदाजनक हुन्छ । सुत्केरी हुने समयमा उनीहरुलाई एकदमै सजिलो हुन्छ । शिशुको बढ्ने दरमा बृद्धि हुन्छ त्यसैगरी पोष्ट डेलिभरीपछि रिकोभरी अर्थात सुत्केरी पछि नर्मल अवस्थामा आउने दर छिटो हुन्छ । व्यायम गर्दा शल्यक्रियाद्धारा सुत्केरी हुने सम्भावना निकै नै कम हुन्छ ।

व्यायाम गर्दा शरीरलाई एकदमै लचकदार बनाउन सिकाइन्छ। यसले गर्दा नर्मल डेलिभरी हुने सम्भावना अत्याधिक रहन्छ । व्यायम गर्दा गर्भावस्थामा देखिन सक्ने उच्च रक्तचाप, मधुमेह जस्ता रोगको सम्भावना पनि कम हुन्छ ।

गर्भवतीले व्यायम कहिले देखि गर्ने ?

सामान्य अवस्थाका गर्भवतीहरु जसको गर्भ बसेको २० हप्ता पुगेको छ, उनीहरुले व्यायम गर्न मिल्छ । विभिन्न अस्पतालले गर्भवती महिलालाई व्यायाम सिकाउन थालेका छन् । गर्भावस्थामा के के व्यायम गर्ने ? कसरी गर्ने ? कहिलेसम्म गर्ने ? कस्तो व्यायाम गर्दा आमा र शिशुको लागि फाइदा हुन्छ सबै कुरा अस्पतालमा सिकाइन्छ ।

तर, यदि गर्भवती हुँदा केही समस्या छ, चिकित्सकले आराम मात्रै गर्ने सल्लाह दिएको छ, प्रेसर सुगर बढेको अवस्था अर्थात हाई रिस्क प्रिगनेन्सी छ भने व्यायम गर्नु हुँदैन। इमरजेन्सी स्वास्थ्य समस्या देखियो भने पनि व्यायाम गर्न मिल्दैन ।

व्यायाम सुरु गर्नु अघि महिलाको ‘एनोमल्ली स्क्यान’ गरिन्छ । त्यसले गर्भावस्थाको बारेमा पूर्ण जानकारी लिएर मात्रै यो व्यायम गर्न सुरु गरिन्छ ।

व्यायाम गर्दा पेटमा रहेको मासुको लियर पेल्भिक फ्लोरलाई बलियो हुन्छ यो जति बलियो भयो गर्भावस्था, सुत्केरी र सुत्केरी पछि महिलामा देखिन सक्ने विभिन्न स्वास्थ्य सम्बन्धि समस्याहरुलाई हुने जोखिम कम भएर जान्छ ।

गर्भावस्थाका बेला कति खाने ?

हाम्रो समाजमा गर्भवती हुनासाथ धेरै खानाहरु खुवाउन पर्छ भन्ने मान्यता छ तर त्यसो होईन, खानालाई बिस्तारै बढाउँदै लैजान सकिन्छ । सामान्यत हामीलाई दैनिक १२०० क्यालोरी भए पुग्छ । गर्भवती भएपछिको तीन महिनासम्म करीव ६०० क्यालोरी थप गरे पुग्छ । अर्थात गर्भवती भएको पहिलो तीन महिना १८०० क्यालोरी बनाए पुग्छ । त्यसपछिको दोस्रो तीन महिनामा २२०० र तेस्रो तीन महिनामा २४०० क्यालोरी थपे पुग्छ ।

कहिलेकाँही क्यालोरी मिलाउन नजान्दा डेलिभरीको समयमा समेत अफ्टेरो पर्न सक्छ । चाहिने भन्दा बढी क्यालोरी दिएर बच्चा ठूलो बनायो भने पनि नर्मल डेलिभरी हुन गाह्रो हुन्छ र सीएस गर्नु पर्छ । कम क्यालोरीले पनि समस्या निम्त्याउन सक्छ । त्यसैले ठिक्क खाउँ, भिटामिन, मिनरल्स सबै चिजहरु ठिक्क मात्रामा खाने गरौँ । खाना र व्यामय मिल्यो भने गर्भावस्था र सुत्केरी सहज रुपमा हुन सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button