समाचार

अब जुनसुकै ATM कार्ड प्रयोग गरे पनि कुनै प्रकारको शुल्क नलाग्ने-Goodnews24

Gobal IME Bank

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जुनसुकै संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ । केन्द्रीय बैंकले कोरोनाका कारण नागरिक बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको हो । यसअघि पनि लकडाउनको समयमा राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनमा केन्द्रीय बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । पछिल्ला दिनमा केही बैंक तथा वित्तीय संस्थाले त्यस्तो व्यवस्थामा पुनः विचार गरी शुल्क लिन थालेका थिए । पछिल्लो पटक पुनः काठमाडौँ उपत्यका लगायतका विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि निषेधाज्ञा जारी गरिएको छ । यस अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउनु पर्ने र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने सोचका साथ पुनः निर्देशन दिइएको हो । केन्द्रीय बैंकले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा अपनाउनुपर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था अनुसार एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क नलिन भनेको हो । यस्तै एटीएम कार्डको अवधि समाप्त हुनु भन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई दिनुपर्ने र कार्ड नवीकरण शुल्कका बारेमा समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै कार्डबाट एक पटकका रु २५ हजार र दैनिक रु एक लाख सम्म रकम झिक्न पाउने व्यवस्था कायमै रहेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button