Grace Computer Jawalakhel
अन्यसमाचार

सेती नदीमा रोमञ्चकारी जलयात्रामा रमाउँदै पर्यटक -GoodNews24

डाेटी । पछिल्लो समय जिल्लामा रहेको सेती नदीमा जलयात्रा गर्ने क्रम फष्टाउँदै गएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन दिपायल सिलगढी नगरपालिकाले जलयात्रा शुरु गरेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

गर्मी मौसम शुरु भएसँगै सेती नदीमा जलयात्रा (र्याफ्टिङ) का लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटकको आगमन हुन थालेपछि व्यवसायीसमेत उत्साही भएका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो झोलुङ्गे पुलसम्म करिब डेढ घण्टा सेतीमा जलयात्रातय गरिएको स्थानीय उत्तम द्धारियाले जानकारी दिनुभयो । जलयात्राका लागि अहिले कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, काठमाडाैँ सहितका नागरिक दिपायलमा आउन थालेका छन् ।

डोटी चेम्बर अफ कमर्सले यही फागुन १ गतेदेखि १३ गतेसम्म आयोजना गरेको प्रादेशिक महोत्सवको अवसर पारेर दिपायल सिलगढी नगरपालिकाले सेती नदीमा जलयात्रा (र्याफ्टिङ) शुरु गरेको थियो । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका व्यवसायी सर्वजित देउवाले जलयात्रामा पर्यटक वृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी मौसम पनि शुरु भएको छ, त्यसमा नगरपालिकाले जलयात्रा शुरु गरेपछि अहिले जलयात्राका लागि विभिन्न ठाउँका मानिस आउन थालेका छन्, जलयात्राले सेती नदी रमणीय भएको छ ।”
छोटो र पारिवारिक जलयात्राका लागि ‘फेमिली रिभर’का रुपमा सेती नदी चिनिएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले भन्नुभयो, “सेतीमा जलयात्रा गर्नुजस्तो राम्रो ठाउँ अरु छैन, पारिवारिकरूपमा आनन्द लिन सकिने भएकाले पनि यहाँको जलयात्रा राम्रो हुँदैछ ।” समथर र कम बहाव भएकाले नागरिक अन्य नदीभन्दा सेतीलाई बढी रोज्ने गरेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायाण पौडेलले बताउनभयो । उहाँले भन्नुभयो, “नदीमा पानीको बहाव पनि कमी छ, समथर ठाउँ भएकाले जलयात्राका लागि उपयुक्त ठाउँ र निकै आनन्द आउने ठाउँ भएको मैले अनुभव गरेको छु ।”

चेम्बर अफ कमर्सका सचिव तेजबहादुर डुम्रेलले भन्नुभयो, “सेती नदीमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक पनि जलयात्राका लागि आउने गरेका छन्, अरु ठाउँभन्दा सेती नदी जलयात्राका लागि राम्रो भएको उनीहरुले अनुभव सुनाउँछन् ।” कुनै–कुनै पर्यटकले जिल्लाको शिखर नगरपालिका–१० बानीडुग्रीसैनबाट आफ्नो जलयात्रा शुरु गरी कैलालीको कर्णाली नदीको चिसापानीमा पुगेर यात्रा टुङ्ग्याउने गर्दछन् । करिब तीनदेखि पाँच दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रुपमा रहेको स्थानीयवासी बताउँछन् । सेतीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । उक्त नदीको जलयात्रा विश्वका अन्य नदीको भन्दा रोमाञ्चक हुने गरेको पर्यटकको भनाइ छ । जलयात्राका लागि काम गर्ने कुनै निकाय नभएकाले जिल्ला बाहिरबाट विभिन्न पर्यटक व्यवसायीको सहयोगमा डुङ्गा ल्याएर चेम्बर अफ कमर्सले र्याफ्टिङ सञ्चालन गरेको हो ।

नदीमाथिका संरचना बिगार्ने, जलयात्रा शुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको होटल व्यवसायी सङ्घ अध्यक्ष राजेन्द्र शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जलयात्रा गर्ने ठाउँका संरचना भत्काउने, बालुवा झिक्ने काम बन्द गर्नुपर्छ, जलयात्रा गर्नलाई असहज गर्ने काम तत्काल बन्द गराउनु जरुरी छ ।” सेतीमा जलयात्रा गर्दा नदीका तीरमा रहेका मनोरम दृश्य तथा सेतीमा माछा खेलिरहेको दृश्यको अवलोकन गर्न पाइने भएकाले पनि स्थानीयवासी जलयात्राका लागि सेतीमा अकर्षित हुन थालेको जलयात्रा गराउँदै आएका रोशन नेपालीले बताउनुभयो ।
उता दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सेती नदीमा जलयात्रा सधैँका लागि सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको मनोरञ्जनका लागि भए पनि सेती नदीमा जलयात्रा सञ्चालन गरिनेछ, जलयात्राले पर्यटक पनि आकर्षित गरेको छ ।”

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button