मुख्य समाचारसमाचार
काठमाडौंको कोर एरिया र दमकल छिर्न नसक्ने स्थानहरुमा फायर हाइड्रयान्ट जडान
काठमाडौं । काठमाडौं महानगरपालिकाले कोर एरिया र दमकल छिर्न नसक्ने स्थानहरुमा फायर हाइड्रयान्टको जडान सुरु गरेको छ । अब सानो गल्लीहरुको घरहरुमा आगलागी भएमा यही फायर हाइड्रयान्टमा पाईप जोडेर पानी फाल्न सकिन्छ ।
काठमाडौं महानगरपालिका भित्रको धेरै स्थानहरु साँघुरो र अप्ठ्यारो भएको कारण आगलागी हुँदा दमकलहरु सो स्थानहरुमा छिर्न निकै गाह्रो हुने अवस्था रहेको छ ।
सोही समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले त्यस्ता स्थानहरुमा फायर हाइड्रयान्टको जडान सुरु गरेको हो ।