मुख्य समाचारसमाचार
महानगरले गर्यो काठमाडौंका दुई वटा अस्पताल सिल
काठमाडौं । मापदण्ड बिपरित सञ्चालन भएको भन्दै काठमाडौं महानगर स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको छ । दर्ता नवीकरण नगरी सञ्चालन भइरहेका दुई वटा अस्पताल सिल गरेको हो ।
अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।