शिक्षा स्वास्थसमाचार

मिर्गौला बिगार्ने ५ कारणहरु यस्तो, कसरी बच्ने त ? हेर्नुहोस् उपायहरु

Gobal IME Bank

एजेन्सी । नेपालमा मिर्गौला रोगीहरुको संख्या दिन प्रतिदिन बढिरहेको पाइएको छ । अझ सानै उमेरदेखि नै मिर्गौलामा समस्या देखिन थालेकोले चिन्ता बढ्न थालेको छ । एकपटक मिर्गौला फेल भइसकेपछि यसको उपचार प्रक्रिया महँंगों र झन्झटिलो हुन्छ । मिर्गौला फेल भइसकेपछि डाइलाइसिस वा प्रत्यारोपण गर्ने बाहेक अर्को विकल्प हुदैन। त्यसैले मिर्गौला बिग्रन नै नदिनका लागि हामीले शुरुदेखि नै हाम्रो खानपान, आनीबानी, जीवनशैली स्वस्थ बनाउन जरुरी छ । बेलैमा सतर्क रहेर यसलाई बचाउन सक्यौं भने यसको झन्झटिलो उपचार गर्नु पर्दैन ।

मिर्गौला यी ५ कारणले गर्दा बिग्रने गर्छ

  • उच्च रक्तचाप
  • मधुमेह
  • जथाभावी औषधिको प्रयोग
  • अस्वस्थकर खानेकुरा
  • शारीरिक व्यायामको कमी

यसबाहेक वंशाणुगत कारणले गर्दा पनि मिर्गौलामा समस्या देखिन सक्छ । यसका साथै नियमित स्वास्थ्य परीक्षण नगर्दा पनि मिर्गौलामा भएको सानो समस्या पछि ठुलो हुन पुग्छ।। त्यसैले मिर्गौला ठिक छ की छैन भनेर जान्नका लागि पनि यसको नियमित जाँच गर्न जरुरी हुन्छ । याद रहोस धेरैसजो मिर्गौलाको समस्यामा लक्षण नै नदेखिन सक्छ र लक्षण देखिने बेलासम्म यसले काम गर्न छोडिसकेको हुन्छ । त्यसैले मिर्गौलालाई स्वस्थ राख्नका लागि माथिका यी कुराहरुमा ध्यान दिन जरुरी छ भने नियमित जाँच गर्न पनि त्यत्तिकै जरुरी छ ।

मिर्गौलालाई स्वस्थ राख्नका लागि यी उपायहरु अपनाउन सकिन्छ: 

१. कुनै पनि कार्यमा सक्रिय भई रहने
शारीरीक व्यायाम गर्दा पनि मिर्गौला सम्बन्धि समस्याको जोखिम कम हुने गर्छ । व्यायमको कारण उच्च रक्तचाप पनि कम हुने गर्छ मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउछ जुन किड्नीको लागि फाइदाजनक हुन्छ ।
यसको लागि जिम नै धाउनु पर्छ भन्ने छैन साधारण किसिमको व्यायाम जस्तै मर्निगं अथवा इभनिगं वल्क, रनिङ अथवा डान्सिङ गरेर पनि शरीरलाई सक्रिय बनाउन सकिन्छ ।

२. प्रसस्त मात्रामा तरल पदार्थ सेवन गर्ने
प्रसस्त मात्रामा रेगुलर पानी पिउदा पनि किड्नी सम्बन्धित रोगको जोखिमबाट बच्न सकिन्छ । पानीले टक्सिन र सोडियमलाई शरीरबाट निकाल्न मद्दत गर्छ र पत्थरी हुने जोखिमलाई पनि कम गर्छ । दिनका कम्तीमा पनि २ लिटर पानी पिउँदा पुरै शरीरको लागि फाइदाजनक हुन्छ ।

३. धुम्रपान
धुम्रपानले हाम्रो शरीरको रक्तनलीलाई असर गरिरहेको हुन्छ । यसको कारण शरीर र किड्नीमा रगत प्रवाहको गतिमा असर पर्छ । ध्म्रपानको कारण क्यान्सरको पनि जोखिम बढ्ने हुन्छ त्यसैले धुम्रपान त्याग्न सक्यो भने मिर्गौलाको रोग र क्यान्सरको जोखिम निकै कम हुन्छ ।

४. ब्लड सुगर लेबल
मधुमेहका रोगिहरुमा मिर्गौलाको रोगको जोखिम ज्यादा हुन्छ । हाम्रो शरीरको कोाशाणुहरुले ग्लुकोज अर्थात सुगरको प्रयोग रगतमा गर्न नसक्दा शरीरलाई फिल्टर गर्नका लागि मिर्गौलाले एक्स्ट्र काम गर्नु पर्छ यसको कारणले गर्दा मधुमेहका बिरामीमा मिर्गौला रोगको जोखिम ज्यादा हुन्छ । तर शरीरमा ब्लड सुगर लेबललाई सन्तुलन गर्न सकेमा मिर्गौला ड्यामेज हुने जोखिम कम हुन्छ ।

५. उच्च रक्तचाप
उच्च रक्तचापको कारण पनि मिर्गौला ड्यामेज हुने जोखिम ज्यादा हुन्छ । १२/०८० लाई स्वस्थ ब्लड प्रसेर भनिन्छ भने १३९/८९ लाई प्रिहापरटेन्सन भनिन्छ यदि ब्लड प्रेसरको लेबल यसकै आसपास छ भने जिवनशैली र खानपानलाई सन्तुलित बनाएर कम गर्न सकिन्छ । तर यदि ब्लड प्रेसरको लेबल लगातार १४०/९० भइरहन्छ भने चिकित्सकको परामर्श लिने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button