मुख्य समाचारसमाचार

काँग्रेसको समर्थनलाई ओलीको व्याङ्ग्यात्मक टिप्पणी, यो समर्थन कुनै ‘ढोक्सा’ होइन भने…

Gobal IME Bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको समर्थनलाई व्याङ्ग्यात्मक रुपमा टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै- ”यदि यो समर्थनभित्र सदासयताबाहेक अरु कुरा छैन् भने, यदि यो समर्थन कुनै जाल होइन भने, यो समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ” भन्नुभएको हो ।

त्यस्तै उहाँले यदि यो समर्थन जाल र ढोक्सा हो भने माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल पनि भन्नुभयो । रोष्ट्रमबाट अध्यक्ष ओलीको यस किसिमको वक्तव्य आउँदै गर्दा नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्व प्रकाश शर्मा र गगन थापा लगायतका अन्य नेताहरु मुस्कुराउँदै हुनुहुन्थ्यो ।

अध्यक्ष ओलीअघि रोष्ट्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आफ्नो भनाई राखेर गइसक्नुभएको थियो । सभापति देउवाले आफ्नो पार्टीको समर्थन प्रधानमन्त्री प्रचण्डलाई रहेको तर आफुहरु प्रतिपक्षमै रहेने पनि बताउनुभएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपालको संविधानको धारण ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत प्राप्तको प्रक्रिया सुरु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button