समाचार

बाढी पीडितलाई राहत सामग्री बोकेर गृहमन्त्री बागलुङ तर्फ प्रस्थान-GoodNews24

Gobal IME Bank

काठमाडौँ । राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेपाली सेनाको हेलिकोप्टर मार्फत बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ तर्फ प्रस्थान हुनु भएको छ।

पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनु भयो।

गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन् । जसमा ८ पुरुष र ३ महिला रहेका छन् । बाढीमा ३ दर्जन भन्दा बढी घर पुरिएको छ ।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोल सहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ । वेपत्ताहरुको खोजीकार्य जारी छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button