सफल कथासमाचार

नेपालको पहिलो महिला टेम्पो ड्राइभर ‘लक्ष्मी शर्मा’ – द बटन लेडी

Gobal IME Bank

काठमाडौं । लक्ष्मी शर्मा उद्यमी र नेपालको पहिलो महिला टेम्पो ड्राइभरको रुपमा चिनिनुहुन्छ । त्यति मात्रै नभई उहाँलाई “द बटन लेडी” भनेर पनि चिनिन्छ । उहाँ हाडको शिल्पकारको रुपमा काम गर्नु हुन्छ र बटन उत्पादन गर्नु हुन्छ तर आफ्नो करियर सुरुवात भने उहाँले टेम्पो ड्राइभरको रुपमा गर्नु भएको हो जब सडकमा पुरुषहरुको शासन थियो ।

लक्ष्मी शर्माको सफतलाको कथा निकै प्रेरणादायी छ अहिले पहिलो महिला टेम्पो ड्राइभरको रुपमा नेपाल भरी प्रचलित लक्ष्मीले यहाँ सम्मको यात्रा तय गर्नको लागि निकै संघर्ष गर्नु परेको थियो । लक्ष्मीलाई ६ बर्षको उमेरमा नै त्रिभुवन सरकारको बहिनीको सुसारेको रुपमा काम गर्नको लागि लगिएको थियो । त्यतिबेला उहाँ प्राय महारानी सँग बस्ने गर्नु हुन्थ्यो र दरबारको रहन सहन र त्यहाँ सिकेको बोलीचालीको कारणले पनि उहाँको बिजनेसमा सफलता मिलेको हो कि जस्तो उहाँलाई लाग्छ ।

रजस्वला हुनु भन्दा अगाडी नै छोरीको बिवाह भयो भने बुवाआमा स्वर्गमा पुग्छन् भन्ने मान्यता त्यतिबेला थियो जसको कारणले गर्दा लक्ष्मीको बिवाह १३ वर्षको उमेरमा नै भएको थियो । पहिलो छोरीको जन्म भएको ४ दिनमा लक्ष्मीसँग जिवन परिवर्तन हुने किसिमको घट्ना भएको थियो । अस्पतालमा सुत्केरी अवस्थामा हुँदा उहाँको श्रीमानको प्रेमिकाले उहाँमाथी दुरुपयोग गरेकी थिइन् र त्यस दिनदेखि लक्ष्मीले श्रीमान माथि कुनै अपेक्षा राख्नुभएन । त्यस दिन आफुले आफुलाई नै खडा गर्नु पर्ने रहेछ भन्ने कुरा महसुस भएको उहाँ बताउनुहुन्छ ।

त्यस दिन उहाँले आफ्नो जिवनको पहिलो सबै भन्दा कठिन निर्णय लिनु भयो र श्रीमानलाई छोड्नु भयो । त्यसपछि उहाँले विदेशीहरुको घरमा भाँडा भाझ्ने , सफा गर्ने, खाना बनाउने र बच्चाहरुको हेरचाह गर्ने काम गर्नु भयो । त्यतिबेला उहाँको ध्यान सिर्फ आफ्नो बच्चाहरुको हेरचाह र पढाउनमा थियो । आफ्नो छारीको लागि भनेर उहाँले धेरै संघर्ष गर्नु भयो । वि.सं १९७९ मा उहाँ भारतमा कोर्स गरेर फर्किदा आफ्नो छोरीहरुको पढाई खर्च नभए पछि र आफन्तबाट सहयोग नपाउने महसुस भए पछि उहाँले छोरीहरु र आफुलाई आर्थिक रुपमा सक्षम बन्नको लागि क्रण लिएर टेम्पो चलाउन सुरुवत गर्नु भएको थियो । त्यसक्रममा पनि उहाँले धेरै किसिमको कठिनाई र यातनाहरुको सामना गर्नु परेको थियो ।

किस्ताबन्दीमा फेरी दुइवटा टेम्पो किनेर उहाँले आफ्नो काम पुन गर्न थाल्नु भयो र ८, १० महिनाको बिचमा उहाँसँग पाँचवटा टेम्पो भयो यसले लक्ष्मीलाई अझ हौसला र हिम्मत मिलेको थियो । बिस्तारै उहाँले टेम्पो बनाउने मेकानिकको काम पनि सिक्नुभयो । पहिलो हुनको लागि टेम्पो चलाएको होइन लक्ष्मी भन्नुहुन्छ । त्यतिबेला पैसाको आवश्यकताको कारणले गर्दा उहाँ ड्राइभरको पेशामा लाग्नु भएको थियो । त्यसपछि उहाँ बनारस गएर काम सिक्नुभयो र हस्ते हाडको उद्योग “लक्ष्मी वुड क्राफ्ट उद्योग” सुरु गर्नु भयो यहाँ हड्डीलाइ क्राफ्ट गरि बटन उत्पादन गर्ने काम हुन्छ ।

लक्ष्मीले विश्वभर बटन बनाएर नेपाली हस्तकला र कलालाई चिनाउनु भएको छ । यो बटन “राल्फ लोरेन” र “जारा जस्ता ठुला कम्पनीमा निर्यात हुन्छ । लक्ष्मीको कम्पनिले १५००० भन्दा बढि बटनको डिजाइन बनाएको छ । उहाँ आफ्नो समय धेरै जसो लाइब्रेरीमा बिताउनुहुन्छ र युरोपियन आर्ट र क्राफ्टबारे सिक्नु हुन्छ । लक्ष्मी शर्मा “काठमाडौ एनिमल ट्रिटमेन्ट सेन्टरको” स्थापक र अध्याक्ष पनि हुनु हुन्छ ।

उहाँलाइ वासिङ्गटन डि सी मा नेपालको उद्योगमा गरेको योगदानको लागि सम्मान पनि गरिएको थियो । लक्ष्मी शर्मा सुन्दर र साहासी महिला हुनुहुन्छ जसले युवा पुस्तालाई प्रेरित गर्नु भएको छ । उहाँ युवा पुस्तालाई नेपालको विकासको गर्न सुझाब दिनु हुन्छ । लक्ष्मी भन्नु हुन्छ “ जिवनको यात्रामा भोगिने यातना र कठिनाईलाई प्रेरणामा बदल्ने कि हारमा यो हामीमा भर पर्छ ” ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button