मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के तपाइको पनि शरीर गन्हाउने समस्या छ ? घरेलु उपाय अपनाएर छुटकारा पाउनुहोस्

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा पसिना आउने कारण हाम्रो शरीरबाट दुर्गन्ध आउने गर्दछ । र यो स्वभाविक हो । हामी सो दुर्गन्धबाट बच्न अनेको महंगा महंगाा पर्फ्युमहरु प्रयोग गरिरहेका हुन्छौं । तर शरीरको गन्ध हामी प्राकृतिक उपाय अपनाएर पनि कम गर्न सक्छौँ । तपाईको शरीरको गन्ध प्राकृतिक हो त्यसैले यसको कारण लज्जित महसुस गर्नु हुँदैन ।

१. लेमन जूस
एक्सपर्टको अनुसार लेमन जूस हाम्रो बडी ओडोरलाई कन्ट्रोल गर्न मद्दत गर्न सक्छ । यसको लागि एक कप पानी मे आधा कागती निचोर्ने र यसलाई स्प्रे बोटल मा भर्ने अब यसलाई आफ्नो अन्डर आर्म र पसिना आउने स्प्रे गर्ने र लगभग १ मिनट पछि सूती कपडाले पुस्ने ।

कागतीको रसमा पाइने प्रोपर्टीले शरीरको पीएच लेवललाई कम गर्छ जसको कारण ब्याक्टेरियल ग्रोथलाई सीमित हुन्छ । साथै शरीरबाट पसीना आउदा खराब गन्द आउदैन ।

२. नीमको पात
नीमको पातले पनि यो समस्याको समाधान गर्नको लागि मद्दत गर्छ । यसको लागि नीमको पातलाई राम्रो सँग पिस्ने र पानीमा हाल्ने । अब यो पानीलाई छानेर स्प्रे बोतलामा भर्ने र अन्डर आर्म्स र अन्य ठाँउमा स्प्रे गर्ने र ३० देखि ४० सेकन्ड पछि सूतीको कपडाले पुस्ने ।

नीममा पाइने एन्टी ब्याक्टेरियल र एन्टीफंगल प्रोपर्टीले ब्याक्टेरियासँग लड्न मद्दत गर्छ जसले शरीरमा ब्याक्टेरिया उत्पन्न हुदैन र पसीना आउदा खराब गन्ध आउदैन ।

३. फिटकिरी
एक्सपर्टको अनुसार फिटकिरीले बडी ओडोरलाइकम गर्नका लागि मद्दत गर्छ । यसमा एन्टीसेप्टिक र एस्ट्रिजेन्ट प्रोपर्टी पाईन्छ । यसको प्रोपर्टी गन्ध पैदा गर्ने ब्याक्टेरियल ग्रोथलाई कम गरिदिन्छ ।

फिटकरीलाई पानीमा मिलाएर स्प्रेको रुपमा प्रयोग गर्न सकिन्छ । साथै फिटकिरीलाई सीधै आफ्नो अन्डर आर्म्स गर्दनको आसपासको भागमा पनि अप्लाई गर्ने ।

४. खानपानमा ध्यान दिनु जरूरी
यदि शरीरबाट धेरै गन्ध आउने गर्छ भने सल्फर युक्त खाद्य पदार्थ जस्तै प्याज र लसुनबाट टाढा रहनु नै लाभदायक हुन्छ । यसका साथै ब्रोकाउली, गोभी, बन्दा गोभी, आदीमा पनि सल्फर पाइन्छ । त्यसैले यसको सेवनलाई सीमित राख्नु आवश्यक हुन्छ ।

जब शरीरमा सल्फरको मात्रा ज्यादा हुन्छ, र ब्याक्टेरिया र अधिक मात्रामा सल्फर कम्पाउन्ड प्रोड्यूस गर्छ जसको कारण शरीरमा गंध आउन शुरू हुन्छ । कफी, हार्ड ड्रिंक्स, धुम्रपानको कारण पनि शरीरमा गन्ध उत्पन्न हुन्छ ।

५. मेथीको बियाँ
नियमित रूपमा मेथीको दाना सेवन गर्दा। यदि मेथीका दाना मन पर्दैन भने मेथीबाट बनेको चियाबाट पनि मद्दत मिल्छ । यसमा पाइने एन्टीअक्सीडेन्ट प्रोपर्टीले बडी टक्सिनलाई बाहर निकाल्छ साथै एन्टीब्याक्टेरियल प्रोपर्टी ब्याक्टेरियल ग्रोथलाई कम गर्छ ।

एक कप पानीमा एक चम्चा मेथी को दाना हाल्ने उमाल्ने । त्यसपछि यसलाई खाली पेटमा पिउने यसले शरीरको गन्धलाई कन्ट्रोल गर्नुका साथै समग्र स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button