गुड न्यूज 24प्रेम, विवाह, याैनसमाचार

तपाई प्रेममा हुनुहुन्छ भने यी चरणहरु पार गर्नुपर्छ – GoodNews24

Gobal IME Bank

प्रेममा पर्नु सबैको जीवनमा एक न एक चोटी हने कुरा हो। जब तपाई कसैको  प्रेममा पर्नु हुन्छ, त्यतिबेला यो केही गाह्रो काम हो जस्तो लाग्दैन्।  गाह्रो त सम्बन्धलाई सन्तुलन बनाई राख्नलाई हुन्छ ।  सुरुवातमा  एक अर्कालाई चिन्न  गाह्रो हुन्छ तर बिस्तारै तपाईको सम्बन्धलाई सन्तुलन बनाई राख्न यी ५ चरणहरु पार गर्नु पर्ने हुन्छ ।

१.  रोमान्स 
प्रेममा पर्ने बित्तिकै उसको नराम्रो बानी र कमजोरीहरु थाहा  हुदैन । एक अर्काको भावना, इच्छा, चाहना र सोच बुझ्न सक्ने हुदाँ नै मानव जातिलाई  सर्वश्रेष्ठ प्राणी भनिएको हो । त्यसैले मायालु स्वभावले  एक अर्काको कमजोरी पत्ता लगाइ त्यसमा सुधार ल्याउदै जानुपर्ने हुन्छ।

२. संघर्ष
सबै प्रेमकथा सफल हुदैँनन्। दुवै जनाको साँचो माया, साथ, संघर्ष र बुझाईले मात्र सम्बन्धलाई उचाइमा लैजान्छ। कति चोटि  हामी रीसलाई अगाडि ल्याउँछाै त। त्यो गलत हुन्छ। जस्तो सुकै परिस्थितिमा पनि साथ नछोडी  संघर्ष गर्दै अगि बढ्नु पर्ने हुन्छ।

३. स्थिरता
आफ्नै समस्याहरुलाई चिन्न सक्ने र सुधार्न सक्ने स्थिरता तपाईमा हुनुपर्छ। सम्बन्धमा आउने हरेक उताव चढावलाई स्थिरता पूर्वक सम्हाल्नु पर्छ। तपाई दुई जना मै स्थिरता भयो भने तपाईहरुको सम्बन्ध झनै बलियो हुन्छ।

४. आनन्द
जब तपाईहरु सम्बन्धको यो चरणमा पुग्नु हुन्छ तपाईहरुले एक अर्काबाट आनन्दमय साथको अनुभव गर्नुहुन्छ। आफूले बढाउने हरेक कदममा एकले अर्कालाई खुशी साथ दिने निर्णय, हाैसलाले पनि तपाईहरुमा आनन्द प्रदान गर्छ।

५. प्रतिबद्धता
प्रेम  सम्बन्धमा रहने जो कोहीले विवाहको प्रतिबद्धता गर्दैन्। धेरै जनाले पहिलो चरण मै विवाह गरेर गल्ति गर्ने गर्छन् तर तपाईले सबै कुरामा आत्म सन्तुष्टि पाए पछि जीवन भरी आफ्नो प्रेमी/प्रेमीकाले माया गर्छ र साथ दिन्छ भन्ने ढुक्क भएपछि मात्र  प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्नुपर्छ।

गुड न्यूज
GoodNews24

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button