मुख्य समाचारसमाचार

राष्ट्रिय आविष्कार केन्द्रको ‘बेबी वार्मर’ लाई नेदरल्याण्ड पठाइँदै, पायो ८० हजार युरो दान

Gobal IME Bank

काठमाडौं । डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको (न्यानो नानी) भनिने बेबी वार्मरलाई थप सुधार गरेर अझै बलियो र आकर्षक बनाउनको लागी नेदरल्याण्डको डेल्फ्ट युनिभर्सिटीमा पठाईदै छ ।

युनिभर्सिटीको एडभान्स्ड इम्बोडिमेन्ट डिजाईन टीमले ६ महिना भित्रमा सो बेबी वार्मरमा थप के के गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरि आवश्यक सुधार गर्न मदत गर्ने बताईको छ ।

सोहि बेबी वार्मरको प्रबिधिलाई थप बिकास गर्न र प्रतिस्पर्धात्मक बजारिकरणको लागी आबश्यक पर्ने अन्तराष्ट्रिय मापदण्ड पुरा गर्न नेदरल्याण्डकै बुमगार्ड फाउनडेसनले राष्ट्रिय आविष्कार केन्द्रको कामलाई मन पराएर ८० हजार युरो अर्थात करिब १ करोड १० लाख रुपैंया दान पनि दिने भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button