अन्यसमाचार

जीपी कोइरालाको दशौँ स्मृति दिवसमा मास्क र स्यानेटाइजर वितरण -GoodNews24

Gobal IME Bank

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औँ स्मृति दिवसका अवसरमा माक्स र स्यानेटाइजर वितरण गरिएको छ । नेपाल विद्यार्थी सङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले आज नयाँ बानेश्वर चोकमा दुई हजार ५०० माक्स र ५० स्यानेटाइजर वितरण गरेको हो ।

कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सेनाले विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसबारे नेविसङ्घले देशभर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । “कोरोनाको बारेमा सचेतना प्रदान गर्न नेविसङ्घ देशभरका सम्पूर्ण विद्यालय र क्याम्पसमा पुग्छ”, उहाँले भन्नुभयो ।

नेविसङ्घका अर्का महामन्त्री युवराज पाण्डेले कोरोनालाई देखाएर बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गर्न नहुने बताउनुभयो । “दुःखको बेला हातेमालो गरेर अगाडि बढ्नुपर्छ, कृत्रिम अभाव सिर्जना गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेविसङ्घ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष इञ्जिनीयर दीपेन्द्र क्षेत्रीले बजारमा अत्यावश्यक सामग्रीको अभाव हुँदै गएका बेलामा थोरै भए पनि रोकथामका लागि सहयोग पु¥याउने उद्देश्यले माक्स वितरण समारोह आयोजना गरिएको बताउनुभयो । नेविसङ्घ केन्द्रीय समितिले स्व कोइरालाको दशौँ स्मृति दिवसका अवसरमा आज साँझ २५ जनाभन्दा धेरै मानिस जम्मा नभई देशभरका जिल्ला तथथा क्याम्पस समितिलाई दिप प्रज्वलन गर्न निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस् …
[irp posts=”5554″] [irp posts=”3194″] [irp posts=”5477″] [irp posts=”5505″] [irp posts=”5470″] [irp posts=”5398″] [irp posts=”5305″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button