शिक्षा स्वास्थसमाचार

मासु खान छोड्दा शरीरमा कस्तो असर पर्छ

Meat Diet!

Gobal IME Bank

एक महिनाका लागि मांसाहारी खाना छोड्नु भयो भने यसले शरीरमा कस्तो प्रभाव पर्छ । शाकाहारी खानमा धेरै फाइबर हुन्छ जसले हाम्रो शरीरको पाचन प्रत्रियालाई बलियो बनाउँछ र पेटका थुप्रै रोगबाट जोगाउँछ । हाम्रो पेट स्वस्थ भयो भने हाम्रो समग्र स्वास्थ्य लाभदायक हुन्छ। वर्ल्ड इकोनोमी फोरमका अनुसार पछिल्ला केही वर्षमा विशेषगरी अमेरिका र युरोपमा शाकाहारीको चलन बढ्दै गइरहेको छ । यसको पछाडि वातावरणसँग सम्बन्धित चिन्तादेखि स्वास्थ्यलाई हुने लाभ र शाकाहारी खानाको बढ्दो उपलब्धता पनि समावेश छ ।

मासु खान छोड्नुका थुप्रै फाइदा छन् । शाकाहारी खानाले मुटुरोग, उच्च रक्तचाप, टाइप टु मधुमेह र  क्यान्सरजस्ता रोगको जोखिम कम हुन्छ । यसबाहेक आफ्नो खानामा विभिन्न प्रकारको प्लान्ट बेस्ड फुड्स समावेश गरेर मांसाहारी खानाको सेवन नगरी आफ्नो पोषण सम्बन्धी आवश्यकता पूरा गर्न सकिन्छ ।

एक महिनाका लागि मांसाहारी भोजन खान बन्द गर्दा हाम्रो शरीरमा तुरुन्त पाँच परिवर्तन देखिन्छ ।

कब्जियतबाट छुटकारा
शाकाहारी खानामा फाइबर भएका कारण यसले बाउल मुभमेन्ट अर्थात् पाचन प्रणाली राम्रो हुन्छ । फाइबरको सेवन बढ्दा कब्जियतबाट राहत मिल्छ ।

तौल घट्नेछ
शाकाहारी खानाले तौल घटाउन मद्दत गर्छ किनभने यसमा मांसाहारी खानाको तुलनामा कम क्यालोरी हुन्छ र फाइबर बढी हुने भएकोले बारम्बार भोक लाग्दैन । क्यालोरी कम भएका कारण तौल पनि नियन्त्रणमा रहन्छ ।

सुजनबाट राहत
प्रशोधित मासु शरीरमा सुजनको कारण बन्न सक्छ । मासु कम खाँदा तपाईंको सिस्टमेटिक इन्फ्लेमेसन कम हुन्छ जुन थुप्रै क्रोनिक रोगको कारण हो ।

एन्टिअक्सिडेन्टले भरपुर
एन्टिअक्सिडेन्टले भरपुर शाकाहारी खानाले शरीरमा अक्सिडेटिभ स्ट्रेस र सेलुलर ड्यामेजबाट जोगाउन मद्दत गर्छ ।‘फलफूल, सागसब्जी, नट्स वा बिउमा एन्टिअक्सिडेन्ट भरपुर हुन्छ । यसले समग्र स्वास्थ्य राम्रो हुन्छ र क्रोनिक रोगको जोखिम कम हुन्छ ।

ऊर्जा मिल्नेछ
शाकाहारी खानाले भिटामिन, खनिज र कम्प्लेक्स कार्बोहाइड्रेट प्रदान गर्छ जसका कारण हाम्रो शरीरलले उर्जा प्राप्त गर्छ ।

-Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button