समाचार

‘मर्यादित महिनाबारी अन्तराष्ट्रिय सम्मेलन’ गरिँदै

Gobal IME Bank

सरकारले छाउपडी सम्बन्धी कुसंस्कारलाई रोक्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘मर्यादित महिनाबारी अन्तरराष्ट्रिय सम्मेलनको तयारी गरेको छ ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले आगामी जेठको १३ देखि १५ गतेसम्म उक्त सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कुप्रथा रोक्न हामीले अहिलेसम्म गरेको प्रयास र प्रयत्नमा खोट छ, यसलाई सच्याएर कार्यदल बनाएर जानुपर्छ, स्थानीय सरकारलाई जिम्मेवार बनाउनुपर्छ ।”

समितिले छाउपडी सम्बन्धी कुसंस्कारलाई उन्मूलन गर्न आवश्यकता परेको खण्डमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई निर्देशन दिएको छ । समितिको निर्णयमा भनिएको छ, “संस्कारका नाममा गलत गर्ने छुट कसैलाई पनि छैन, जसको घरमा यो प्रथा प्रचलनमा छ, अभिभावक र छाउगोठमा बस्नेलाई समेत अनिवार्यरुपमा कानूनी कारवाहीको दायरामा तत्काल ल्याउन गृह, सङ्घीय मामिला र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन गदर्छ ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button